बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कालीकोट आगलागी प्रभावितलाई प्रति घरधुरी २० हजार राहत दिने कर्णाली सरकारको निर्णय

सोमबार, ०९ पुस २०७५, १२ : १८
सोमबार, ०९ पुस २०७५

काठमाडौं– कणाली प्रदेश सरकारले कालीकोटको पलाता गाउँपालिका वडा नं. १ खाडान्यौपानेवाडामा भएको भीषण आगलागीबाट प्रभावित परिवारलाई प्रति घरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय भएको गरेको छ । 

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको निर्देशनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयवाट तत्कालिन राहत स्वरुप प्रति घरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय भएको भएको हो । 

मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुबबिक्रम बुढाथोकीले सोमबार जारी गरेको विज्ञप्तिमा भिषण आगलागि र त्यसवाट भएको ठुलो आर्थिक तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको उल्लेख छ । 

मुख्यमन्त्रीले आगलागिवाट घाईते भएकाहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिने सम्वन्धित निकायलाई आग्रह पनि गरेका छन् । 

शाहीले घटनाको सुचना पाउने वित्तिकै आगलागि नियन्त्रण, उद्धार तथा राहतको प्रवन्धका लागि सम्वन्धित निकायलाई निर्देशन दिएको पनि विज्ञप्तिमा उल्लेख छ । 

स्थानीयका अनुसार आगलागीबाट अहिलेसम्म ११० घर जलेर नष्ट भएको छ । 

यसैबीच प्रदेश सरकारले आगलागि पिडितहरुलाई थप राहात र पुनस्र्थापनाको सहयोगका लागि केन्द्र सरकार, गृहमन्त्रालय, रेडक्रस तथा अन्य सहयोगी संस्थाहरुलाई आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप