शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुहिरोलाई छिचोल्दै कालिञ्चोकको शिखरमा

सोमबार, ०९ पुस २०७५, १६ : २७
सोमबार, ०९ पुस २०७५

कालिञ्चोक । दोलखा जिल्लामा पर्ने कालिञ्चोक भगवती नेपालको एक चर्चित धार्मिक तथा पर्यटकीय स्थल हो । 

कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौँको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनीमध्ये एक हुन् भन्ने किम्बदन्ती प्रचलित रहेको छ । 

यो मन्दिर सदरमुकाम चरिकोटबाट उत्तरमा अवस्थित रहेको छ । समुन्द्र सतहबाट यो ३ हजार ८४२ मिटर उचाईमा छ ।

कालिञ्चोक डाँडाबाट मनोरम रोलवालिङ हिम शृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ । कालिञ्चोक चरीकोटदेखि ६ घण्टाको पैदल दूरीमा छ ।  कुरी बजारदेखि उकालो करिव १ घण्टा पैदल यात्रा गरी कालिञ्चोक भगवती पुग्न सकिन्छ । 

एक महिना अगाडीबाट केबुलकार सञ्चालनमा आएपछि सोही दुरी ५ मिनेटको केबुलकार यात्रा र १० मिनेट हिँडे पुग्छ । 

कसरी जाने कालिञ्चोक ? 

कालिञ्चोक जान काठमाडौँबाट सार्वजनिक यातायात सिधै पाइँदैन । त्यसको लागि काठमाडौँबाट दोलखाको चरिकोटसम्म जान सकिन्छ । त्यहाँबाट सार्वजनिक सवारी थोरै मात्रमा चल्ने गर्छ । तर, भाडाका अन्य सवारी साधन भने सजिलै पाउन पाइन्छ । 

निजी सवारी साधन लिएर जानेले मुडे हुँदै मकैबारी भन्ने स्थानबाट माथि लाग्नुपर्दछ । करिब १८ किलोमिटर सडकमा धुलो, हिलो, ढलान हुँदै कुरी बजार पुगिन्छ । चरिकोटदेखि जानेले १९ किलोमीटर दुरीको यात्रा तय गर्न सकिन्छ । कुरी बजारमा झण्डै दुई दर्जन हाराहारीमा होटलह? रहेका छन् । त्यहाँ आफ्नो रोजाई अनुसार बस्न र खान सकिन्छ । 

फर्कदा कालिन्चोकमा स्थानीय छुर्पी, जडिबुटीलगायतका कोसेलीह? ल्याउन सकिन्छ । 

अहिले सिन्धुपाल्चोकको लामोँसाघु दोलखाको तामाकोशीसम्म सडक विस्तारको काम भएकाले यात्रा केही असहज भने हुन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप