ससुराको हत्या, बुहारी प्रहरी नियन्त्रणमा
बैतडी – अपरिपचत व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उनकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको छ ।
मुखमा मास्क लगाएर आएका व्यक्तिले ससुराको हत्या गरेको लक्ष्मीले प्रहरीलाई बयान दिएकी छिन् । टाउकोमा चोट रहेकी लक्ष्मीको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।
इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीका अनुसार घटनास्थलमा पुरुषको घडी भेट्टिएको छ । घरमा ससुरा र बुहारी मात्रै रहेका बेला घटना गरिएको हो ।
लक्ष्मीले घटनापछि अर्को गाउँमा रहेका आफ्ना जेठाजु धनबहादुरलाई फोन सम्पर्क गरेको खुलेको बोगटीले बताए ।
लक्ष्मीका श्रीमान् रोजगारीको शिलशिलामा भारतमा छन् । “हत्याबारे केही खुल्न सकेको छैन,” प्रहरी निरीक्षक बोगटीले भने । मृतकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ सम्म सलमान खानको ग्रह खराब छ : ज्योतिष
-
गण्डकीको संसद् अधिवेशन आजदेखि, के छ कार्यसूची ?
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध