शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कालिकोटका अग्निपीडितलाई सहयोग गर्न विप्लवको निर्देशन

मङ्गलबार, १० पुस २०७५, १६ : ५२
मङ्गलबार, १० पुस २०७५

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कालिकोटमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गर्दै पीडितलाई सहयोग गर्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।  महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्,‘कालिकोटका सम्पूर्ण पार्टी नेता÷कार्यकर्तालाई अग्निपीडित जनतालाई सहयोग र राहत आपूर्ति गर्न यसै विज्ञप्तिमार्फत निर्देशन गरिन्छ ।’

सोमबार कालीकोटको पातला गाउँपालिका १, खाडागाउँमा आगलागी हुँदा ८७ घर जलेर ध्वस्त भएका थिए । घटनामा सात जना घाइते हुनुका साथै २ सय ८५ जना विस्थापित भएका छन् ।  विप्लवले यो दुःखद् घडीमा कालीकोटका अग्निपीडित जनतासँग आफूहरु साथमा रहेको पनि बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप