शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारविरुद्ध आन्दोलन गर्ने हेल्थ असिस्टेन्टहरुको तयारी

बिहीबार, १२ पुस २०७५, १८ : ०९
बिहीबार, १२ पुस २०७५

जनकपुर– हेल्थ असिस्टेन्ट संघका कार्यवाहक अध्यक्ष दिपेन्द्र खड्काले कर्मचारी मिलान गर्दा योग्यता र अनुभव दुवैमा दख्खल भएकालाई मात्रै पदोन्नती गर्दा राम्रो हुने बताएका छन् ।  

उनले त्यसो भएमा सेवाग्राही बिरामीको हकमा र स्वास्थ्य संस्थाको हकमा राम्रो हुने धारणा राखे । जनकपुरमा प्रदेश नम्बर २ स्तरीय हेल्थ असिस्टेन्टहरुको भेलालाई सम्बोधन गर्दै उनले राज्यले कर्मचारीको बढुवाको नाममा स्वास्थ्य क्षेत्रलाई विगार्ने काम गरेको बताए । 

उनले प्रदेश नम्बर २ मा स्वास्थ्यकर्मी र सो क्षेत्र माथि नै खेलवाड भइरहेको दाबी गरे ।  राज्यले नै  हेल्थ असिस्टेन्ट पदमा आफ्नै ढंगले केहि कर्मचारीको बढुवा गर्ने आन्तरिक तयारी गरिरहेकाले आन्दोलनको तयारीमा जुट्नका उनले आह्वान गरेका छन् ।

कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेश नं. २ लाई स्वस्थ्यको क्षेत्रको नमूना प्रदेश बनाउने बताए ।  उनले प्रदेश २ का स्वस्थ्यकर्मीहरु देशभरि छरिएर रहेपनि आफ्नै प्रदेशमा भने स्वस्थ्य सेवा दिन चुकेको बताए । उनले भने, ‘यो प्रदेशमा स्वस्थ्यको डाटा हेर्ने हो शिशु मृत्युदरबाट स्पष्ट हुन्छ ।  शिशु मृत्युदरले यो प्रदेश स्वस्थ्य क्षेत्रमा निक्कै पछाडि परेको स्पष्ट देखिएको हो ।’

मन्त्री साहले हेल्थ असिस्टेन्टहरुको हकहितका लागि प्रदेश सरकार काँधमा काँध मिलाएर अघि बढ्न तयार रहेको समेत बताए । उनले राम्रो संगठन बनाएर यस प्रदेशलाई स्वास्थ्य क्षेत्रमा राम्रो पहिचान बनाउन समेत आग्रह गरे । 

कार्यक्रममा सप्तरी संघ नेपालका कार्यवाहक अध्यक्ष वीरेन्द्र यादवले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कार्यपत्र प्रस्तुस्त गर्दै संघको उद्देश्य, नेपालमा स्वास्थ्य जनशिक्तको अवस्था, व्यवस्थापन तथा सेवा प्रवाह सम्बन्धी जानकारी गराएका छन् । भेला तथा अन्तरक्रिया कार्यक्रममा ८ वटै जिल्लाका पदाधिकारीहरुको सहभागिता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप