शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सहिद परिवारसँग मुख्यमन्त्री शाहीः छेउमै ढलेका सहिदका सपना भुलेको छैन

शुक्रबार, १३ पुस २०७५, ०९ : ३९
शुक्रबार, १३ पुस २०७५

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले परिवतर्नको लडाईमा सँगै लड्दै गर्दा छेउमै ढलेका सहिदका सपना नभुलेको बताएका छन् । 

मुख्यमन्त्री शाहीलाई भेटेर आफना समस्या सुनाउन सुर्खेत आइपुगेका रुकुम पश्चिमका सहिद परिवारसँग मुख्यमन्त्री शाहीले सहिदहरुको रगतबाट संघीय गणतन्त्र प्राप्त भएको भन्दै सहिदहरुले देखाएको वाटोबाट कहिलै विचलित नहुने प्रतिवद्धता गरे । 

सहिद परिवारको समस्यालाई आफुले नजिकवाट अनुभुति गरेको बताउँदै मुख्यमन्त्री शाहीले सहिद परिवारको समस्या सामाधानका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । सहिद परिवारको पारिवारीक अवस्था हेरी रोजगारी तथा आयमुलक कामका लागि ठोस योेजना निर्माण गरि काम गर्ने मुख्यमन्त्री शाहीको भनाई छ । 

मुख्यमन्त्री शाहीले जनयुद्धका घाईते अपाङ्ग योद्धाहरुको लागि प्रदेशस्तरीय पुनस्र्थापना केन्द्रको स्थापना गर्न प्रदेश सरकारले वजेट विनियोजन गरेको जानकारी दिँदै चालु आवमै कार्यान्वयन गरिने बताए ।

मुख्यमन्त्री शाहीले अशक्त घाईते अपाङ्गहरुलाई सहयोगीसहित पुनस्र्थापना केन्द्रमा राखिने, उपचारको आवश्यकता भएका घाईते अपाङ्गलाई उपचारको व्यवस्था गरिने र काम गर्न सक्ने घाईते अपाङ्गहरुलाई रोजगारीको व्यवस्था गरिने वताए । 

त्यसैगरि द्वन्द्वप्रभावित व्यक्तिका मनोसामाजिक परामर्श लगायतका कार्यक्रम संचालन गरिने पनि मुख्यमन्त्री शाहीको भनाई छ । 

रुकुम पश्चिममा द्वन्द्वको वेला भएका सामुहिक हत्याकाण्डमा हत्या गरिएका खारा, पीपल, मग्माका सहिद परिवार तथा द्धन्द्धका क्रममा हिंसापिडित महिलाहरुले आफना समस्या सामाधान गर्न माग गर्दै मुख्यमन्त्री शाहीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप