बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गुल्मीको पहिलो शैक्षिक गोष्ठी धुर्कोटमा (फोटो फिचर )

शनिबार, १४ पुस २०७५, ११ : १०
शनिबार, १४ पुस २०७५

बुटवल– गुल्मीको धुर्कोट गाउँपालिकाले पहिलो पटक दुई दिने शैक्षिक गोष्ठीको आयोजना गरेको छ । यस्तो गोष्ठी गर्नेमा गुल्मीका १२ स्थानीय तह मध्ये धुर्कोट पहिलो बनेको छ । 

  सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि आयोजित ‘धुर्कोट शैक्षिक गोष्ठी–२०७५’  शुक्रबार प्रदेश सांसद दिनेश पन्थीले उद्घाटन गरे । 

शनिबारसम्म चल्ने गोष्ठीमा धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै शैक्षिक विकास विना कुनै पनि क्षेत्रको विकास नहुने भन्दै शिक्षाविद्  र  धुर्कोटका सम्पूर्ण विद्यालयका शिक्षक भेला गराएर गोष्ठी गरिएको बताए । 

    पोखरलद्धारा प्रस्तुत कार्यपत्र अनुसार धुर्कोट गाउँपालिका भित्र ४७ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालयहरु रहेका छन् ।  त्यस मध्ये सामुदायिक विद्यालयमा कुल ६ हजार २६ जना विद्यार्थीहरु छन् ।  

  त्यस्तै  धुर्कोट गाउँपालिका भित्र कुल ३ सय २० जना शिक्षकहरु रहेका छन् ।  जिल्लामा  पहिलो पटक  विद्यालय स्थापना गर्ने धुर्कोट र रिडी मानिदै आएको छ । 

 गोष्ठीमा सामुदायिक विद्यालयहरु मध्ये देशकै नमुना   र  २०७१  देखि लगतार चार बर्ष सम्म राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल कालिका मानव ज्ञान मााध्यामिक विद्यालयका प्रधानाध्यापक  घनश्याम पाठक प्रमुख  सहजकर्ता  रहेका छन् । 
  उनले प्रधानध्यापकहरुमा हाकिम बनेर आफू भन्दा तलका शिक्षकलाई  आदेश मात्रै दिने तर काम भने नगर्ने प्रवृत्ति हावी हुँदा सामुदयिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो  हुन नसको बताए । यस्तै उनले विद्यालयलाई राजनीतिबाट बाहिर राखिनुपर्नेमा पनि जोड दिए । 

 त्यस्तै कुनै समय अत्यन्तै कमजोर रहेको गुल्मी तम्घासको रेसुङ्गा  माध्यामिक विद्यालयको  शैक्षिक गुणस्तरलाई अहिले राष्ट्रिय रुपमै उत्कृष्ट बनाउन सफल प्रधानाध्यपक प्रेमनारयण भण्डारी र  तम्घासकै शिद्धबाबा माध्यामिक विद्यालयका प्रधानाध्यापक डोरविक्रमम श्रीसले पनि शिक्षकहलाई  सहजीकरण गरेका छन् । 

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मधुप्रसाद घिमिरेले यसअघि शिक्षा शाखा प्रमुख छँदा धुर्कोट भित्रका विद्यालयहरुको शैक्षिक अवस्थाको अध्ययन गरेका थिए । अहिले सोही अध्ययन अनुरुप शिक्षकको गुणस्तर बृद्धि गरिदै आएको छ । 

गाउँपालिकाका लेखापाल शिवहरी खनालले चालु आर्थिक बर्षका लागि शैक्षिक क्षेत्रको गुणस्तर बृद्धिका लागि ५५ लाख छुट्टाएको जानकारी दिए । 
 
  गोष्ठीमा प्रमुख अतिथी सांसद दिनेश पन्थी ,   शिक्षा विकास समन्व्य ईकाईका प्रमुख थानेश्वर घिमिरे  वडाका वडाध्यक्षहरुको बिशेष आतिथ्यता रहेको छ ।  

गाउँपालिका प्रमुख पोखरेलको अध्यक्षता रहेको कार्यक्रममा उपप्रमुख शिबबहादुर खत्रीको स्वागत मन्तब्य र हिमालय माविका सहायक प्रधानध्यापक कृष्णप्रसाद भण्डारीले सञ्चालन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप