शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली मन्त्रिपरिषद् बैठकका यस्ता छन् ५ निर्णय

शनिबार, १४ पुस २०७५, ११ : ४२
शनिबार, १४ पुस २०७५

काठमाडौं– कणाली प्रदेशको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ निर्णय गरेको छ । 

बैठकले कालीकोट जिल्लाको पलाता गाँउपालिका वडा नंं. १ न्यौपानेखाडामा  पौष ८ गते राती भएको आगजनीको घटना र त्यसवाट भएको ठूलो आर्थिक तथा भौतिक क्षतिप्रति दुःख प्रकट गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 

बैठकले पिडितहरुका लागि प्रदेश सरकारको तर्फवाट प्रति परिवार २० हजार नगद तथा अन्य राहतसामाग्री उपलब्ध गराउने निर्णय अनुमोदन गर्दै  अग्नीपिडितहरुको उद्धार, अस्थायी वसोवास, खाद्यान्न, लत्ताकपडा लगायत आर्थिक तथा भौतिक सहयोग गर्ने संघीय सरकार, गृहमन्त्रालय, स्थानीय सरकार, राजनैतिक दल, गैरसरकारी संघसंस्था र सहयोगी व्यक्तिहरुलाई धन्यवाद प्रकट गरेको छ । 

बैठकले आगलागीवाट पिडित परिवारहरुको पुनस्र्थापनाका लागि अग्नीपिडित परिवार पुनस्र्थापना कार्यक्रम संचालन गर्ने  निर्णय पनि गरेको छ । 

यस्तै  अग्नीपिडितहरुको आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोग र प्रति घरपरिवार रु.५ लाख आर्थिक सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।  साथै सो कार्यक्रम अन्तर्गत अग्नीपिडितहरुको आवास निर्माणमा सहयोग गर्न विभिन्न संघसंस्थासँग अपिल पनि गरेको छ । 

यसैगरी अन्तरप्रदेश समन्वय परिषदको गत पुस ३ गतेको वैठकले स्वीकृत गरेको संघीयता कार्यान्वयन सहजीकरण कार्ययोजना कार्यान्वयनमा सहयोग गर्ने निर्णय समेत बैठकले गरेको कर्णाली प्रदेश सरकारकी प्रवक्ता एवं भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । 

यस्तै बैठकले सामाजिक विकास मन्त्रालयको प्रस्ताव वमोजिम प्रदेश सरकार मातहतका जिल्ला अस्पताल र आयुर्वेद औषधालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यमा मनोनयन गर्ने निर्णय समेत गरेको छ । 
अस्पतालमा नियुक्ति पाउनेको नामावली
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप