शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री शाहीको घोषणाः अग्निपीडितका घर प्रदेश सकारले बनाइदिने

शनिबार, १४ पुस २०७५, १९ : २५
शनिबार, १४ पुस २०७५

कालीकोट । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटको, पलाता गाउँपालिका खाडागाउँका अग्निपीडितको घर प्रदेश सरकारले बनाइदिने घोषणा गरेका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा), कालिकोटको पार्टी कार्यालय उद्घाटन गर्न कालिकोट पुगेका मन्त्री शाहीले जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा यस्तो बताएका हुन् । 

मुख्यमन्त्री शाहिले पीडितको आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोगका साथै प्रति घरपरिवार रु पाँच लाख आर्थिक सहयोग गर्ने निर्णय प्रदेश सरकारले गरेको जानकारी दिए । 

पलाताका धेरैजसो घरहरु खरले छाएको हुनाले फेरि पनि यस्ता खालका विपत् आइलाग्ने हुँदा खरले छाएका जति घरहरु छन्, सबै घर परिवारलाई कर्कटपाता वितरण गर्ने उनको भनाइ छ । 

बैठकमा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले आगलागीबाट मानवीय क्षति नभएपनि वासस्थान नष्ट हुँदा चिसो मौसममा बालबालिका वृद्धवृद्धा र महिला बढी प्रभावित भएको बताए । 

क्षतिको अनुमान गर्दा रु तीन करोड, छ लाख ३३ हजारसम्म क्षतिको अनुमान गरिएको पनि प्रमुख जिल्ला अधिकारी कार्कीको भनाइ छ । राष्ट्रियसभा सदस्य जीवन बुढाले, विपत् व्यवस्थापनको पूर्वतयारी, उपयुक्त संरचना तथा साधन स्रोतको राहत, वितरणमा एकद्वार प्रणालीमार्फत वितरण गर्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप