शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२५ तस्बिरमा हेर्नुहोस् तमु ल्होसारको रमझम

आइतबार, १५ पुस २०७५, १४ : १३
आइतबार, १५ पुस २०७५

काठमाडौँ– गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । 

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । 

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । 

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । 

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । 
यसअवसरमा आज राजधानीको  टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको गुरुङ समाजले जनाएको छ ।
टुँडिखेलको ल्होसार कार्यक्रममा सहभागि हुन गुरुङ समुदाय विभिन्न सांस्कृति झाँकीसहित पुगेका थिए । सो क्रममा तस्बिरहरु हेर्नुहाेस्

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप