शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘नयाँ वर्ष’ मनाउन नगरकोटमा पर्यटकको घुइँचो

सोमबार, १६ पुस २०७५, १५ : १७
सोमबार, १६ पुस २०७५

नगरकोट– अंग्रेजी नयाँ वर्ष सन् २०१९ मनाउन पर्यटकीय स्थल नगरकोटमा आन्तरिक पर्यटकहरुको घुइँचो हुने भएको छ ।  अंग्रेजी नयाँ बर्ष सन २०१९ आउन एक हप्ता अगाडिबाट नगरकोटका प्रायः सबै होटलहरु बुकिङ्ग भैसकेको होटल व्यवसायीहको भनाई रहेको छ ।

भक्तपुर र काभ्रेको सिमाना रहेको नगरकोटमा अंग्रेजी नयाँ बर्ष मनाउन विदेशी भन्दा पनि आन्तरिक पर्यटकहरुले होटल बुकिङ्ग गरेका मेरिगोल्ड होटलका सञ्चालक गोकुल लामिछानेले बताए । 
पर्यटक लोभ्याउने होटलको खाना र बस्ने प्याकेजमा छुट सहितको विभिन्न सांगीतिक कार्यक्रमहरु समेत हुने उनले बताए । 

नयाँ बर्षको सुर्योदय र मनोरम हिमालको दृश्यावलोकनका लागि पर्यकटहरु नगरकोट पुग्ने गरेका छन् ।  नयाँ बर्षका लागि भन्दै यहाँका होटल व्यवसायीहरुले पर्यटकलाई आर्कषित गर्न छुट सहितको नयाँ प्याकेज ल्याउनुका साथै विभिन्न सांगितीक कार्यक्रम समेत राखेका छन् ।

होटल व्यवसायीहरुले १० देखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको बोजिनी नगरकोट रिर्सोटका सञ्चालक दामोदर दंगालले बताए ।  विदेशी पर्यटकहरुले भरिभराउ हुने नगरकोट क्षेत्र अहिले भने आन्तरिक पर्यटकका लागि गन्तव्यस्थलको रुपमा परिचित हुन थालेको छ ।

यहाँ आउने पर्यटकमध्ये विदेशी भन्दा पनि आन्तरिक पर्यटक खर्च बढी गर्ने भएकाले पनि व्यवसायीहरुले आन्तरिक पर्यटक लोभ्याउने गरेका छन् । नगरपालिकाले लगाएको पर्यटन शुल्क र नगरकोट आउने बाटोकै कारण विदेशी पर्यटकको संख्या घटेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव धनबहादुर लामको गुनासो रहेको छ ।

नगरकोट क्षेत्रको पर्यटन विकासका लागि व्यवसायीहरुले नयाँ बर्षको लागि मात्र नभई अन्य दिनहरुलाई पनि विषेश बनाउन नयाँ नयाँ कार्यक्रमहरु ल्याउनुपर्ने देखिन्छ ।  सडकको खराब अवस्था र स्थानीय सरकारको कर नीतिले गर्दा पनि पछिल्लो समय नगरकोटमा बाह्य पर्यटकहरुको कमी हुँदै गएको छ ।  

आन्तरिक पर्यटहरुकले नै साना तथा मझौला होटलहरु चल्ने गरेको पर्यटन व्यवसायीहरुको भनाई रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप