शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुरु भयो सर्वोच्चमा ‘राणा’ काल (फोटोफिचर)

बुधबार, १८ पुस २०७५, १२ : १४
बुधबार, १८ पुस २०७५

काठमाडौं– नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले पदभार ग्रहण गरेका छन् ।

संसदीय सुनुवाइ समितिले मङ्गलबार राणाको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेपछि बुधबार बिहान राष्ट्रपतिसँग सपथ लिएलगत्तै सर्वोच्च अदालत पुगेर उनले पदभार ग्रहण गरेका हुन् । 

राणालाई सर्वोच्च अदालतमा अवकासप्राप्त प्रधानन्यायाधीश ओमप्रकास मिश्र, न्यायाधीशरु र सर्वोच्चका कर्मचारीहरुले स्वागत गरेका थिए । पदभारग्रहण गरेपछि राणाले बुधबारको इजलास तोकेका छन् ।

राणाले न्यायाधीश दीपकराज जोशीलाई भने इजलास तोकेका छैनन् ।

यसअघि संसदीय सुनुवाई समितिबाट प्रधाननायायधीशका लागि अस्वीकृत भएका जोशीले राणालाई पदभार ग्रहण गरिसकेपछि कार्यकक्षमा पुगेर छुट्टै बधाइ तथा शुभकामना दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप