शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अस्पताल समिति गठन प्रक्रिया अघि बढाइने

बुधबार, १८ पुस २०७५, २१ : २८
बुधबार, १८ पुस २०७५

धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा व्यवस्थापन समिति गठनका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको छ । 

बैठकले समिति गठनका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्त प्रकाशबहादुर शाहले जानकारी दिए । अधिकांश अस्पतालका व्यवस्थापन समिति लामो समयदेखि रिक्त रहेका छन् । 

बैठकले सामाजिक विकास मन्त्रालय मातहत रहेका सबै अस्पतालको नाम परिवर्तन गर्ने निर्णय गरेको उनले जानकारी दिए । 

आन्तरिक मामिला तथा कानून मन्त्रालयको कानून तर्जुमा सुझाव समितिसम्बन्धी कार्यविधि–२०७५ पनि बैठकले स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताइएको छ । 

बैठकले धनगढीको फाप्ला क्रिकेट मैदानका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप