केन्द्रीय संस्करण

निजामती सेवामा  तनाव व्यवस्थापनका उपाय

explore access_timeपुस १९, २०७५ chat_bubble_outline0

तनाव व्यक्तिमा अनुभूत हुने मानसिक दबावको अवस्था हो । स्वभावैले मानिस तनाव शून्य हुँदैन । 

परिस्थितिजन्य माग र आपूर्तिबीचको असन्तुलनका कारण मानिसको जीवनमा पर्ने शारीरिक तथा मानसिक असरको परिणाम नै तनाव हो । व्यक्तिले वातावरणमा हुने निश्चित परिवर्तनमा देखाउने शारीरिक वा मानसिक प्रतिक्रियाको अवस्थालाई पनि तनाव भनिन्छ । 

तनावलाई व्यक्ति र सङ्गठनका हित संरक्षण गर्ने काममा उपयोग गर्ने प्रक्रिया तनाव व्यवस्थापन हो ।
परिवर्तित वातावरण अनुकूल व्यक्तिको व्यवहारमा पनि रुपान्तरण गरी तनावलाई सिर्जनात्मक र रचनात्मक बनाई व्यक्तिको शारीरिक एवं मानसिक सन्तुलन कायम राख्ने कामलाई नै तनाव व्यवस्थापन भनिन्छ ।
तनावका विशेषता
-    विकास र परिवर्तनका लागि तनाव अनिवार्य शर्त हो ।
-    तनाव वातावरणीय परिवर्तनको उपज हो ।
-    तनाव कार्यबोझका कारण आउँछ ।
-    तनाव शुरुमा अप्ठ्यारो बीचमा सकारात्मक र अन्त्यमा धेरै भएमा हानिकारक हुन्छ ।
-    तनाव मानसिक र शारीरिक रूपमा देखापर्छ ।
-    तनावमा बस्न रुचाउने मानिस तनाव विना बस्न सक्दैन ।
-    तनाव जब नकरात्मक बन्छ, शारीरिक, मानिसक, पारिवारिक, सङ्गठनात्मक र सामाजिक हानिका रूपमा देखापर्छ ।
-    तनावलाई व्यवस्थापन गर्न सकिन्छ ।

तनावका प्रकार
तनाव अनेक प्रकारका हुने भएकाले यसलाई विभिन्न किसिमले उल्लेख गर्न सकिन्छ । तापनि निम्न रूपमा तनावका प्रकारलाई बुझ्न सकिन्छ ।
-    सकारात्मक: तनावलाई चुनौतीका रूपमा लिने ।
-    नकारात्मक: शारीरिक वा मानसिक हानी पु¥याउने ।
-    आधारभूत: सामान्य किसिमको ।
-    सञ्चित: एकपछि अर्को थपिँदै जाने ।
-    आघातपूर्ण: शारीरिक र मानसिक रोगमा बदलिने ।

निजामती सेवामा तनाव व्यवस्थापनको अवस्था
निजामती सेवा ऐन–२०४९ र नियमावली–२०५० मा भएको व्यवस्थाअनुसार तनाव व्यवस्थापनलाई निम्न रूपमा प्रस्तुत गरिएको छ ।
-    वृत्ति विकास स्पष्ट, अनुमानयोग्य नहुनु ।
-    तनाव व्यवस्थापनका लागि नीतिगत र कानूनी व्यवस्था छैन ।
-    नेतृत्व तनाव व्यवस्थापनमा गम्भीर नभएको ।
-    पदस्थापन, सरुवा, बढुवा, कार्यसम्पादन एवं सेवा वितरणमा असमानता ।
-    न्यून तलब सुविधा ।
-    कामको उचित मूल्याकङ्न नभएको ।
-    तनाव व्यवस्थापनसम्बन्धी तालिमको अभाव ।
-    निजामती सेवा पद्धतिले भन्दा आदेशले सञ्चालन हुनु, कार्यविवरण र कार्य वातावरण सकारात्मक नहुनु ।
यति हुँदाहुँदै पनि निजामतीमा सेवाको सुरक्षा छ । तालिमका साथै गुनासो सुन्ने व्यवस्था पनि रहेको छ ।
तनावको कारण
तनाव वातावरणबाटै सिर्जना हुन्छन् । मानिसका इच्छा, प्राप्ति र तिनको सदुपयोगको अवस्था सबैले तनाव सिर्जना गर्छन् । तनाव सिर्जनका विभिन्न कारण हुन्छन् । व्यतिmगत, नीतिगत, साङ्गठनिक लगायत अन्य कारणले तनाव सिर्जना हुनेगर्छ ।
व्यतिmगत कारण: मानिसका असीमित इच्छा, आङ्कक्षाहरू उसका कमजोरी हुन् । आर्थिक विपन्नता, अस्वस्थता, परिवारमा कलह, अनिश्चित भविष्य, चाहेको कुरा प्राप्त गर्न नसक्नु, कार्यबोझ बढी हुनु, सामाजिक अपहेलना, मन नपरेका व्यक्तिसँग बस्नुपर्ने अवस्था जस्ता कारण यसमा पर्छन् ।
सङ्गठनात्मक कारण: विभेद, अधिकारबिहीन बनाउनु, स्पष्ट कार्यविवरण नहुनु, कम तलब सुविधा, सेवाको असुरक्षा, वृत्ति विकासमा असमानता, सहभागिताको अभाव, गुनासो सुनवाई नहुनु, अधिक कार्यबोझ, दण्ड र पुरस्कार वितरणमा असमानता, कर्मचारीबीच द्वन्द्व, न्यून अधिकार प्रत्यायोजन सङ्गठनात्मक कारणभित्र पर्छन् ।
सामाजिक कारण: सामाजिक विभेद, हिंसा, बहिष्कार, असहयोग, असमानता, जातीय  विभेद तथा भाषिक, साँस्कृतिक र राजनीतिक विभेद यसभित्र पर्छन् ।
अन्य कारण: मनोवैज्ञानिक र प्रविधिजन्य कारण, राम्रो कार्य वातावरण नहुनु, जोखिमपूर्ण कार्यको अवस्था, अस्थिरता, अभाव, सरकारी नीतिमा परिवर्तन, बढ्दो जनअपेक्षा र दबावलगायतका कारणले गर्दा पनि तनाव बढ्न सक्छ ।
तनावका परिणाम
तनावले मानिसको दैनिकी र सङ्गठनात्मक  काम कारबाहीमा प्रत्यक्ष असर गर्छ । जसको प्रभाव उसको कार्यसम्पादनमा पर्न गई सेवा प्रवाहमा असर पुग्छ । नेपालको सार्वजनिक प्रशासनको सन्र्दभमा पनि तनावले विभिन्न अवस्था सिर्जना गरेको पाइन्छ । तनावले पार्ने प्रभावलाई निम्न रूपमा उल्लेख गर्न सकिन्छ ।
-    निर्णय प्रक्रिया प्रभावकारी नहुुनु ।
-    सङ्गठनमा न्यूनतम कार्य सम्पादनको अवस्था सिर्जना हुनु ।
-    कार्य वातावरणमा नकारात्मक प्रभाव पर्नु ।
-    सञ्चार पद्धति कमजोर हुुनु ।
-    कर्मचारी फेरबदल भइरहनु ।
-    निराशा उत्पन्न हुनु ।
तनाव व्यवस्थापनका उपाय
तनावलाई उचित) रूपमा व्यवस्थापन गर्नसके त्यसले कार्य वातावरणमा सकारात्मक ऊर्जा प्रदान गर्छ । यद्यपि यो त्यति सजिलो भने छैन । तनावलाई गतिशील बनाउँदै उचित परिणामतर्फ लैजानु नै तनाव व्यवस्थापन हो । तनावलाई विभिन्न उपायद्वारा व्यवस्थापन गर्न सकिन्छ ।
व्यक्तिगत प्रयास
-    नियमित रूपमा व्यायाम, योग र खेलकुदको अभ्यास गर्ने ।
-    लक्ष्य, उद्देश्य र प्राथमिकता तोकेर काम गर्ने ।
-    समूहमा घुलमिल हुने ।
-    सिर्जनात्मक र रचनात्मक काममा ध्यान दिने ।
-    आपूmभन्दा तलकालाई हेरेर सन्तुष्ट हुने ।
-    समय व्यवस्थापन गर्ने ।
-    सङ्गीत सुन्ने, खुलेर हाँस्ने तथा एकान्तमा बस्ने बानी छोड्ने ।
-    मनोवैज्ञानिक परामर्श लिने ।
सङ्गठनात्मक प्रयास
-    लक्ष्य स्पष्ट बनाउने ।
-    गुनासो व्यवस्थापन गर्ने ।
-    सूचना प्रवाहलाई प्रभावकारी बनाउने ।
-    सक्षम नेतृत्त्वको विकास गर्ने ।
-    समानता, समता र निष्पक्षता अपनाउने ।
-    समस्या सुनेर ध्यान दिने, आत्मविश्वासको विकास गराउने ।
-    तनावको स्रोत पहिचान गरेर समाधान गर्ने ।
-    सहभागितामूलक व्यवस्थापनलाई अङ्गिकार गर्ने ।
-    दण्ड र पुरस्कारको न्यायोचित व्यवस्थापन गर्ने ।

बाह्य तथा अन्य प्रयास
-    आध्यात्मिक चेतना बढाउने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
-    सामाजिक सङ्गठनले तनाव कम गर्ने कार्यक्रम बनाउने ।
-    सामाजिक  संस्कार र संस्कृतिको विकास गर्नुपर्छ ।
तनाव प्राकृतिक विषय हो । यो स्वभावैले उत्पन्न हुन्छ । यसलाई व्यवस्थापन गर्न सकियो भने यो उत्पादनमूलक र सकारात्मक हुन्छ । तनाव व्यवस्थापन मानवीय जीवनमा अपरिहार्य छ । एक तहसम्मको तनावले व्यतिm वा सङ्गठनलाई फाइदा गरे पनि त्यो सीमाभन्दा माथिको तनाव व्यवस्थापन  गर्नुपर्छ । तनाव व्यवस्थापन गर्ने उचित उपाय भनेको तनाव सिर्जनाको पहिचान गरी त्यसको सही सम्बोधन गर्नु हो । यसका लागि तनाव आउन नदिने, घटाउने, व्यवस्थापन गर्ने तथा सामना गर्ने रणनीति अवलम्बन गर्नुपर्छ ।

गोरखापत्रबाट

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

captcha