केन्द्रीय संस्करण

विषयगत परीक्षाको तयारी र उत्तर लेखन सीप

explore access_timeपुस १९, २०७५ chat_bubble_outline0

विषयगत परीक्षाको तयारीमा विशेष ध्यान दिनुपर्ने विषय
-    सफलताको कुनै लघु–मार्ग हुँदैन । विषयवस्तुमा पारङ्गत नभएसम्म आकर्षक र ओजिलो जवाफदिन सकिँदैन । तसर्थ उद्देश्यमूलक ढङ्गले अधिकाधिक अध्ययन एवं विश्लेषण गर्नु सवैभन्दा महìवपूर्ण हुन्छ । यस क्रममा राष्ट्रियस्तरका दैनिक पत्रपत्रिकाका सम्पादकीय नियमित पढ्ने र मुख्य बुँदा टिपोट गर्नु फाइदाजनक हुन्छ । यसबाट समसामयिक सवालको पहिचान गर्न र त्यस उपर दृष्टिकोण निर्माणमा सघाउ पुग्दछ । 
-    विविध विचारधारा र बहुआयामिक विश्लेषण समावेश भएको जवाफले जाँचकीलाई आकर्षित गर्दछ । तसर्थ विभिन्न स्रोतबाट विषयवस्तुको अध्ययन गरी हरेक विचारका सकारात्मक र नकारात्मक पक्षका बारेमा जानकार बन्नु लाभदायक हुन्छ । 
-    अरूले लेखेका उत्तर हेरेर वा अरूका लेख पढेर त्यस्तै खालको लेखन गर्नुभन्दा नियमित अभ्यासमार्फत अरूको लेखनबाट संश्लेषण गरी आफ्नै विशिष्ट खालको लेखन–शैली विकास गर्नु पर्दछ । 
-    उपलब्ध भएसम्म कम्तिमा अघिल्लो पाँच वर्षका परीक्षामा सोधिएका प्रश्नपत्र समाधान गर्न सकेमा परीक्षामा समय व्यवस्थापन गर्न निकै सघाउ पुग्नुका साथै उत्तर लेखन क्षमतासमेत परिष्कृत बन्दछ । 
विषयगत प्रश्नको उत्तर लेख्दा ध्यान दिनुपर्ने विषय
पृष्ठभूमि र उपसंहार लेखनः

कुनैपनि प्रश्नको पृष्ठभूमिमा प्रश्नमा उल्लेखित प्रश्नको समाधान दिनु हुँदैन । यस खण्डमा उल्लेखित प्रश्न साँच्चिकै समस्या हो ? उक्त प्रश्न किन ‘समस्या’ हो ? यसको समाधान किन जरुरी छ ? जस्ता विषयमा क्रमवद्धता मिल्नेगरी छोटकरीमा उल्लेख गर्नु राम्रो हुन्छ । 
त्यस्तै प्रश्नको उपसंहार खण्डमा उत्तरमा उल्लेखित सुझावहरू कार्यान्वयन योग्य भएको पुष्टि गर्दै सुझाव कार्यान्वयन पश्चातको अपेक्षित स्थिति उल्लेख गरी सकारात्मक ढङ्गले अन्त गर्नु वाञ्छनीय हुन्छ । यस खण्डमा उत्तरको पृष्ठभूमि र मूल खण्डमा उल्लेख हुँदै नभएका नयाँ विषयलाई प्रवेश नदिनु नै श्रेयष्कर मानिन्छ । उपसंहारमार्फत आफ्ना कथन तथा सुझावको विश्वसनीयता र उद्देश्यपरकता पुष्टि भएको सुनिश्चित गर्नुपर्दछ । 

विद्यमान व्यवस्था र अवस्थाः
प्रश्नमा उल्लेखित प्रश्नमा हालका व्यवस्था तथा उक्त व्यवस्थाबाट हासिल भएका सुधारको अवस्थालाई उत्तरको मूल खण्डमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्दछ । यस्ता विषयलाई बँुदागत रूपमा लेख्दा जाँचकीलाई पढ्न र बोध गर्न सहज हुन सक्छ । 
‘हालका व्यवस्था’ भित्र संस्थागत प्रबन्ध (नीति, कानून, सङ्गठन आदि), संरचनागत व्यवस्था, प्रक्रियागत प्रबन्ध, स्रोत प्रबन्ध, लगायत विभिन्न बहुआयामिक वस्तुस्थिति समेटिएको सुनिश्चित गर्नुपर्दछ । त्यस्तै ‘हालका अवस्था’ उल्लेख गर्दा तथ्यगत रूपमा  दृष्टान्त प्रस्तुत गर्दै उक्त प्रबन्धका उपलब्धिलाई स्पष्ट गर्नु राम्रो मानिन्छ । 

कथनलाई तथ्यद्वारा पुष्टिः
मूलतः पृष्ठभूमि खण्डमा र मूल खण्डको शुरुका अनुच्छेदमा प्रस्तुत भएका आफ्ना कथनलाई ‘गफ’ का रूपमा उल्लेख नगरी तथ्यद्वारा पुष्टि गरी कथनलाई विश्वसनीय र ओजिलो बनाउन सकिन्छ । जस्तै “नेपालको शासन व्यवस्था प्रभावकारी छैन” वा “नेपालको प्रशासनतन्त्र भ्रष्टाचारले व्याप्त छ” जस्ता कथनहरूलाई पुष्टि गर्न ध्यचमि न्यखभचलबलअभ क्ष्लमष्अबतयचक ९ध्न्क्ष्०, ऋयचचगउतष्यल एभचअभउतष्यल क्ष्लमभह९ऋएक्ष्०, आवधिक योजना, आर्थिक सर्भेक्षण आदि जस्ता विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय आधिकारिक प्रकाशन÷प्रतिवेदनमा उल्लेखित तथ्यलाई उदाहरणका रूपमा प्रस्तुत गर्नु उत्तम हुन्छ । 
यसका लागि आवधिक योजना, वार्षिक वजेट, क्षेत्रगत नीतिहरू, जनगणना, गरिबी सम्बन्धित प्रतिवेदन, दीगो विकास लक्ष्यहरू, मन्त्रालयगत मुख्यमुख्य कार्यक्रमहरू, योजना आयोग तथा अर्थ मन्त्रालयका विभिन्न प्रकाशन लगायतका राष्ट्रिय प्रकाशनहरू तथा विभिन्न अन्तर्राष्ट्रिय प्रकाशनबाट पाठ्यक्रमको विषयवस्तु अनुरुप समसामयिक तथ्यहरू टिपोट गर्न सकिन्छ ।
 

सुझावलाई वहुआयामीक र विश्वसनीय बनाउनेः
लामो उत्तर दिने प्रश्न होस् वा समस्या समाधानमूलक प्रश्न, आफ्ना सुझाव प्रस्तुत गर्दा प्रश्नका हरेक आयामलाई बराबर रूपमा सम्बोधन गर्ने गरी उल्लेख गर्दा उत्तर सन्तुलित बन्छ । सुझावलाई ‘यसो गर्ने’ र ‘उसो गर्ने’ भनेर छोटो छोटो बुँदामा मात्र लेख्नुभन्दा उक्त सुझाव किन दिइएको हो ? अर्थात सुझावले के सुधार ल्याउँछ ? भनेर सोही बुँदामा समावेश गर्दा सुझाव विश्वसनीय बन्छ । जस्तैः भ्रष्टाचार न्यूनीकरण सम्बन्धमा सुझाव दिँदा संस्थागत रूपमा के के गर्ने ? कुन कुन संरचनामा सुधार ल्याउने ? के कस्ता प्रकृयागत प्रवन्ध गर्ने ? स्रोत व्यवस्थामा के कस्तो सुधार ल्याउने ? लगायतका विभिन्न आयामसँग सम्बन्धित सुझाव सन्तुलित ढङ्गले प्रस्तुत गर्नु उत्तम हुन्छ । 

त्यस्तै सुझाव उल्लेख गर्दा “अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संरचनालाई विकेन्द्रित गर्ने” भनेर मात्र नलेखेर “अख्तियार दुरुपयोग सम्बन्धी उजुरीहरूलाई यथासक्य नजिकबाट सुनुवाइ गर्दै कार्यप्रणालीलाई थप सरल र प्रभावकारी बनाउन आयोगको संरचनालाई सङ्घीय संरचनाअनुरूप विकेन्द्रित गर्ने ।” भनेर उल्लेख गर्दा त्यस्तो सुझाव प्रष्ट हुन्छ । बुँदाको सङ्ख्याभन्दा पनि सुझावको बहुआयामिकता र समग्र गुणस्तरीयतामा जोड दिँदा जवाफ उत्कृष्ट बनाउन मद्दत पुग्दछ । 

“जानेको सबै” होइन, “मागेको सबै” लेख्ने : 
प्रश्नको समाधान गर्नुअघि आवश्यकताअनुसार प्रश्नलाई दोहो¥याएर पढ्दै त्यसले परीक्षार्थीबाट ‘मागेका’ विषय पहिचान गर्नुपर्दछ । प्रश्नका खण्ड, प्रत्येक खण्डको अङ्क र सम्बोधन÷समाधान गर्नुपर्ने प्रश्नहरू होसियारीपूर्वक पहिचान गरी सिलसिलेवार रूपमा समाधान गर्नुपर्दछ । प्रश्नको समाधान गर्दा त्यसको अङ्क भारका आधारमा उपलब्ध समयमा हिसाब गरी सन्तुलित रूपमा जवाफ प्रस्तुत गर्नु बुद्धिमानी हुन्छ । प्रश्नको कुनै विषयमा धेरै जानेको छु भन्दैमा अनावश्यक रूपमा लम्बेतान जवाफ लेख्ने तर प्रश्नले मागेको विषय सम्बोधन नै नगर्दा उत्तर असन्तुलित बन्छ । 

प्रश्नले मागेको के हो ? भन्ने सम्बन्धमा प्रश्नमा प्रयोग गरिएका शब्दावलीले समेत निर्धारण गर्दछन् । जस्तैः चर्चा, विश्लेषण, समालोचना, वर्णन, उल्लेख, सुझाव, धारणा, विचार, तर्क, तुलना आदि । विश्लेषण गर्नुपर्ने प्रश्नहरूमा विश्लेषण गर्न सकिन्छ; तुलना गर्दा तुलनायोग्य पक्षहरू पहिचान गरी प्रत्येक पक्षका आधारमा बँुदागत रूपमा तुलना गर्न सकिन्छ; धारणा प्रस्तुत गर्दा अरूका भनाइ र विचार भन्दा पनि आफ्ना मौलिक तर विश्वसनीय सुझाव÷कथन उल्लेख गर्नुपर्दछ । यस्ता पक्षलाई ध्यान दिँदै प्रश्नको मागका सन्दर्भमा आपूmले जानेको विषयवस्तुलाई नियन्त्रित रूपमा प्रस्तुत गर्दै उत्तरलाई सन्तुलित बनाउन सक्नु पर्छ ।

(गोरखापत्रबाट साभार ।)
– देवीप्रसाद सुवेदी 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

captcha