शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सांसद रेशम चौधरीले लगाए सांसदको लोगो, लिए थारु भाषामा सपथ (फोटोफिचर)

बिहीबार, १९ पुस २०७५, १५ : ३७
बिहीबार, १९ पुस २०७५

काठमाडौं – कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम कुमार चौधरीले पद तथा गोपनियताको सपथ लिएका छन् । उनले थारु भाषामा सपथ लिएका हु्न् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार सभामुख कृष्ण बहादु्र महराले चौधरीलाई पद तथा गोपनियताको सपथ दिलाएका थिए । सपथसँगै संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले चौधरीलाई सांसदको लोगो लगाइदिए । 

टीकापुर घटनाका मुख्य अभियुक्त चौधरीलाई सपथकै लागि डिल्लीबजारस्थित सदर खोरबाट सिंहदरबार पुर्याइएको थियो । 

सपथपछि सभामुख महराले सांसद चौधरीलाई फूलमाला लगाइदिए भने त्यहाँ पुगेका राजपाका नेताहरुले पनि उनलाई बधाई दिँदै फुलमाला लगाइदिए । 

२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको थियो । सो घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध मुद्दा लागेको थियो । घटनापछि फरार रहेका चौधरीले सार्वजनिक नभइकनै प्रतिनिधि सभामा उम्मेद्वारी दिई विजयी हासिल गरेका थिए । 

तर उनले निर्वाचित भए पनि सपथ लिन पाएका थिएनन् । गत असारमा उनले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए । त्यसपछि पुर्पक्षका लागि जेल चलान भएका उनी डिल्ली बजार कारागारमा थिए । 

राजपा नेपालले चौधरीको रिहाई र शपथग्रहणको विषयलाई मुख्य मुद्दा बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई दवाव दिँदै आएपछि सरकारले सपथको व्यवस्था मिलाएको बताइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप