२ सय ३५ केजी चरेस सहित दुईजना पक्राउ
बिहीबार, १९ पुस २०७५, १६ : ०६
काठमाडौं– नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले २३५ केजी प्रतिबन्धित लागूऔषध (चरेश) सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतीय नागरिक सत्यन्द्र सिंह बेघल र पर्सा सोनबर्षा–५ स्थायी घर भएका लाल महम्मद गद्दी रहेका छन् ।
काठमाडौंबाट भारततर्फ जाँदै गरेको ‘एचआर ३८ एस ९३७१’ नम्बरको भारतीय कन्टेरमा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा धादिङको गजुरीबाट उक्त परिमाणको चरेश बरामद गरिएको ब्युरोले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
धादिङ र मकवानपुरका पहाडी क्षेत्रमा उत्पादन हुने चरेशको बजार मूल्य प्रतिकेजी २० हजार देखि ३० हजार रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’