नेपाली व्यवसायी श्रेष्ठको पोल्याण्डमा हत्या, दुई भारतीयले हत्या गरेको पुष्टि
स्पेन । पोल्याण्डमा व्यवसाय गर्दै आएका नेपाली ईश्वर श्रेष्ठको हत्या आफ्नै रेस्टुरेन्टमा कार्यरत भारतीय कामदारले गरेको खुलासा भएको छ ।
विगत चार वर्षदेखि ‘एभरेष्ट लन्च एण्ड बार’ सञ्चालन गर्दै आएका श्रेष्ठको कामदारसँगको विवादपछि हत्या भएको जनाइएको छ ।
पोल्याण्ड प्रहरीले गत शुक्रबारदेखि हराइरहेका भनिएका श्रेष्ठको मृत अवस्थामा आफ्नै निलो कलरको डब्लुइ ८७४ एसएम कारको सिटमा शव शनिबार फेला पारेको थियो ।
पोल्याण्ड प्रहरीले अनुसन्धानको क्रममा श्रेष्ठकै रेस्टुरेन्टमा काम गर्ने दुई भारतीयले हत्या गरेको पुष्टि गर्दै थप अनुसन्धान अगाडि पढाएको प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष टंक कटवालले बताए ।
अन्दाजी २८ र २७ वर्षका दुई भारतीय नागरिकलाई पोल्याण्ड प्रहरीले हिरासतमा लिइसकेको पोल्याण्ड प्रहरीलाई उदृत गदै अध्यक्ष कटवालले बताए । अपराधमा संलग्न भारतीय नागरिकको नाम भने प्रहरीले सार्वजानिक गरेको छैन ।
हत्यामा संलग्नलाई थप अनुसन्धानपछि अदालतमा पेश गरिने र आरोप प्रमाणित भएमा अपराधको प्रकृति अनुसार ८ देखि २५ वर्षसम्म सजाय हुने अध्यक्ष कटवाल बताउँछन् ।
पोखरा लेकसाइड घर भएका श्रेष्ठ व्यापार भिसाामा चार वर्षअघि पोल्याण्ड आएका थिए । उनको नेपालमा श्रीमती र एक छोरा रहेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा