बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बौद्ध एरियाको मदिरा भट्टीमा प्रहरीको छापा

शुक्रबार, २० पुस २०७५, १३ : २७
शुक्रबार, २० पुस २०७५

काठमाडौं– काठमाडौँको बौद्ध एरियामा सञ्चालित ८ ओटा अबैध मदिरा भट्टीहरुमा प्रहरीले छापा मारेको छ ।

गोकर्णेश्वर नगरपालिका–६ मा सञ्चालित त्यस्ता अवैध भट्टीहरुमा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको प्रहरी टोलीले छापा मारेर ठूलो परिणाममा मदिरा बनाउने कच्चा पदार्थ र तयारी मदिरा बरामद गरेको हो ।

‘हामीले अवैध भट्टीहरुमा छापा मार्दा फेला परेको २१ हजार लिटर कच्चा पदार्थ र ५ हजार लिटर तयारी मदिरासमेत स्थानिय जनप्रतिनिधीको रोहबरमा नष्ट गरेका छौँ,’ महानगरीय प्रहरी वृत बौद्धका प्रमुख (डिएसपी) नरेन्द्र चन्दले भने, ‘तयारी कोदोको तोङ्वा ५ हजार ५ सय केजी बरामद गरेर नष्ट गरिएको छ ।’

प्रहरीले अवैध भट्टीमा प्रयोग भएको ग्यास चुल्हो १० थान, ग्यास सिलिन्डर १९ थान, प्लाष्ट्रिक र फलामको ड्रम १३० थान र घरेलु मदिरा बनाउन प्रयोग हुने ३६ थान भाँडाहरु बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप