बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ मा प्रति महिना १० जना पुरुषद्वारा सम्वन्धविच्छेदको मुद्दा

शुक्रबार, २० पुस २०७५, १३ : ५२
शुक्रबार, २० पुस २०७५

बुटवल  । भदौ १ गतेबाट मुलुकीसंहिता लागु भएदेखि एक अदालतको तथ्याङ्कले प्रदेश ५ का जिल्लाहरुमा मासिक सरदर १० जना पुरुषले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको पाइएको छ । 

गुल्मी जिल्लाको तथ्याङ्कबाट यस्तो आंकलन गरिएको हो ।  मुलुकीसंहिता लागु भएको ५ महिनामा त्यस अदालतमा ४९ जना पुरुषले सम्बन्ध विच्छेदको मुद्दा दिएका छन् । त्यस अदालतका श्रेस्तेदार कृष्णशरण लामिछानेका अनुसार पछिल्लो पाँच महिनाको अन्तरालमा १ सय ७ वटा सम्बन्ध विच्छेदका मुद्दा परेका छन् ।

जसमध्ये महिला ७० जना र पुरुष ४९ रहेको उनले जानकारी दिए । सबैभन्दा बढी भदौ महिनामा ३३ जनाले सम्बन्ध विच्छेदको मुद्दा दिएका छन् । जसमध्ये १२ जना महिला र २१ जना पुरुषले श्रीमतीसँग सम्वन्धविच्छेद  गरी पाउँ भनि मुद्दा दिएका छन् ।

सम्बन्ध विच्छेदको कारण बढी मात्रमा वैदेशिक रोजगारबाट सिर्जित असमझदारी पाइएको छ । मुलुकीसंहिताले सहज वातावरण बनाइदिएका कारण पुरुषद्वारा सम्बन्धविच्छेदको मुद्दा दिने क्रम बढेको श्रेस्तेदार लामिछानेको भनाई छ ।

सोही अदालतमा श्रीमानसँग सम्बन्धविच्छेद मागेका दुई महिलाले पछि  श्रीमान्सँगै बस्ने गरी मेलमिलाप गरेर पुनः घरजाम गरेको त्यस अदालतका मेलमिलापकर्ता गणेश विश्वकर्माले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप