शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालकविता : कमिलाका ताँती

शनिबार, २१ पुस २०७५, १२ : ४४
शनिबार, २१ पुस २०७५

–रमेशचन्द्र घिमिरे 

हिँडे लस्कर लाउँदै भई साथी–साथी
हेरिरहूँ जस्तो कमिलाका ताँती


एकै ठाउँ जुट्छन् मिलिजुली बस्छन्
आलोपालो गर्दै दुलोभित्र पस्छन्
देखिँदैन कैल्यै यिनको लराभाँती
सँगै अघि बढ्छन् कमिलाका ताँती


बलिया छन् साह्रै छैन आँत लुलो
सानो ज्यान छ तर बोक्छन् भारी ठूलो
हाम्रोभन्दा दरो होला यिनको छाती
डराउन्नन कत्ति कमिलाका ताँती


आफू मात्रै खाने बानी छैन लुच्चा
छैनन् लोभी पापी छैनन् कोही छुच्चा
बाजेदेखि नाति सबै उस्तै जाती
रमाउँदै हिँड्छन् कमिलाका ताँती ।

–भोर्लेटार, लमजुङ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप