शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस सरकारको लोकप्रियता देख्न नसकेर दुष्प्रचारमा लाग्योः माधव नेपाल

आइतबार, २२ पुस २०७५, २२ : ०२
आइतबार, २२ पुस २०७५

जनकपुर–नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकारको दुष्प्रचार गर्न लागिपरेको आरोप लगाएका छन् ।  

 वर्तमान सरकारको लोकप्रियता देख्न नसकेकेर प्रमुख प्रतिपक्षी दल काँग्रेसमा हतास र निरासाको प्रवृति बढेको भन्दै उनले दुष्प्रचारबाट बच्न कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् । 

आइतवार जनकपुरमा नेकपाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले विरोधीहरुले सरकारको काम नै देख्न नसकेर सरकारले अधिनायकवाद ल्याउने दुष्प्रचार गेरेको दावी गरे । नेता नेताले कार्यकर्ताहरुलाई दृढताकासाथ सरकारलाई बचाउ गर्न पनि आह्वान गरे । 

‘वर्तमान सरकारको काममा केही कमिकमजोरी हुन सक्छ तर सरकारकारको नियतमा बेइमानी छैन ।’ पुर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘हामी प्रजातान्त्रिक आचरण अबलम्बन गरिसकेका छौँ, शेरवहादुरजीले सरकार अधिनाकवाद ल्याउन खोज्दै छ भन्ने दुष्प्रचार गरिरहनु भएको छ । यसमा केही सत्यता छैन ।’ 

दुई वर्ष भित्र पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने तयारी रहेको बताउँदै नेता नेपालले केन्द्रदेखि प्रत्येक स्थानीय तहसम्म जति चाँडो हुनसके पार्टी एकता आवश्यक रहेको धारणा व्यक्त गरे । कम्युनिष्ट र जनताको सम्बन्ध माछा र पानी जस्तै हुने भएको भन्दै उनले पछिल्लो समय स्वार्थको भावना बढेर गएकोमा चिन्ता व्यक्त गरे । 

यस्तै कार्यक्रममा बोल्दै नेकपा नेता रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज चलाउने भन्दै दिइरहेको अभिव्यक्तिप्रति कडा आलोचना गरे । 

नेपालमा मुख्य तीननदीको पानीको वहाव क्षमताबारे सबै जानकार रहेको बताउँदै उनले प्रधानमन्त्रीले हावादारी कुरा मात्र गर्ने गरेको आरोप लगाए । 

पछिल्लो समय प्रत्येक तहमा तीन गुणा बढीले भ्रष्टाचार बढको भन्दै उनले भ्रष्टाचारले कम्युष्टि सरकारलाई लज्जित बनाएको टिप्पणी गरे । 

यस्तै प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले सरकारको काम जनताले अनुभुती गर्न नसकेको भन्दै यसप्रति सरकारलाई गम्भीर हुनुपर्ने धारणा राखे ।  ‘सरकारको कामकारबाहीबाट हामी पनि सन्तुष्ट छैनौ तर पनि हिनता बोध नहोस भन्दै मन नमानेपनि सरकारलाई बचाउ गर्नमा लागेका हुन्छैँ ।’

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका दर्जनौ व्यक्तिरुलाई नेता नेपालले नेकपामा प्रवेश गराएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप