शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज तपाईको भाग्य कस्तो छ ? हेर्नुस् राशिफल

सोमबार, २३ पुस २०७५, ०६ : १६
सोमबार, २३ पुस २०७५

वि.सं.२०७५ साल पौष २३ गते । सोमबार । ईश्वी सन् २०१९ जनवरी ०७ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष शुक्ल पक्ष । तिथि प्रतिपदा,०२ घडी ३३ पला,बिहान ०७ बजेर ५९ मिनेट उप्रान्त द्वितिया । नक्षत्र उत्तरषाढा,३१ घडी ५२ पला,बेलुकी ०७ बजेर ४२ मिनेट उप्रान्त श्रवण । योग हर्षण ५० घडि ३५ पला,रातको ०२ बजेर १२ मिनेट उप्रान्त बज्र । करण बव,बिहान ०७ बजेर ५९ मिनेट उप्रान्त बालव,बेलुकी ०८ बजेर ५८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा मृत्यु योग । चन्द्रराशि मकर । अरनिको स्मृति दिवस।

काठमाडौंमा सूर्योदय ०६ बजेर ५८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २२ मिनेट । दिनमान २६ घडी ०२ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढार्ई लेखाईमा ध्यान केन्द्रित हुनेछ भने मेहनेत गर्दा महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुँनाले पद पाप्तिको गतिलो योग रहेकोछ । नयाँ काम पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन तथा सम्पति कमाउँन सकिनेछ । समयले साथ दिने हुँनाले अन्य बौद्धिक क्रिर्याकलापमा पनि ध्यान जानेछ ।  

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ भने पति पत्नि तथा माया प्रेममा अबिस्वास सिर्जना हुनेछ । सवारि साधन तथा यात्रा गर्दा बिषेश ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन निकैनै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ भने आफन्त तथा बिस्वास गरेकैहरुबाट धोका हुनेछ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय तथा परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनि गर्नुहोला कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्त तथा आफुले  मन पराएको मानिससँग दुरि बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा प्रशस्त समय लगानि गरेपनि आम्दानि थोरै हुदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गालि खाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद तथा सम्बृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । पढाई लेखाईमा थोरै समय दिएपनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुदा शरिरमा एक किसिमको जोस जागर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलाशि तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययनमा समय दिन नसकेपनि अतिरिक्त ज्ञान गुनका कुराहरु प्राप्त गर्न सकिने समय रहेकोछ । तपाईको नराम्रो सोच्नेहरु आफै किनारा लाग्नेछन् । सत्रु परास्त हुनेछन् भने ठुला बडाको आशिर्वादले अगाडि बढ्न सहज हुनेछ । परिवारमा मेलकिलाबको भाव बढ्नेछ भने एक अर्काबिच आत्मियता बृद्धि भएर जानेछ । मामा तथा मावली पक्षका मानिस सँग भेटघाट हुने हुँनाले मन प्रशन्न रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै मेहनेत गर्नुपर्ला । परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहुन सक्छ । पति पत्नि बिच मनमुटाब बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्ला । आफन्तबाट उपाहार प्राप्तीको योग रहेपनि टरेर जानेछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनिति तथा सामाजिक कामहरुमा समय खर्चिनेहरुले समयमा सर्बसाधारणको काम गर्न सम्दा पद प्रतिष्ठा प्राप्त हुने योग रहेकोछ । साथिहरुको सहयोगले उपलब्धिमुलक काम गर्ने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा सुधार गर्दै लान सकिनेछ भने खोज तथा अनुशन्धानमा नयाँ कुरा पत्ता लगाउँन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि मनग्गे लाभ लिन सकिनेछ । घर परिवार तथा आत्मिय मित्रसँगको सम्बन्ध सुदृड भएर जाने हुँनाले नयाँ योजना बनाएर लागु गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त तथा मन पर्ने साथिकासाथ छोटो,रमाईलो तथा अर्थपुर्ण यात्रा हुने हुँनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछ भने सत्रु परास्त हुनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निस्कने हुँनाले अध्ययन अध्यापनमा मन जानेछ । आफुलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउँदा मन हर्सित हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाजमा सबैको काम गर्न खोज्दा आलोचना गर्ने तथा खुट्टा तान्नेहरु सक्रिह हुनेछन् । व्यापार व्यावसायबाट भनजस्तो आम्दानि नहुने हुदा आर्थिक अवस्था कमजोर रहनेछ । कुटुम्ब तथा आफन्तसँग सानो सानो कुरामा राय बाजिनेछ । माया प्रेममा अविस्वास सिर्जना हुने तथा श्रीमान श्रीमती बिच मनमुटाब बढ्न योग रहेकोछ । पढाई लेखाईमा प्रशस्त समय दिएपनि सोचेजस्तो नतिजा आउनेछैन ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । सामाजिक काम गरि समाजमा सम्मानित हुने योग रहेकोछ ।

कुम्भ (गू ,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाईने हुदा कामहरु थाति रहनेछ । व्यापारमा लगानि गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्निबिच अबिश्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । लामो दुरिको बिदेश यात्राको तय हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानि फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुने हुँनाले लगानि बढाउँन सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।     

यूवा ज्योतिषि डिपि भण्डारी    

ज्योतिष परामर्ष सेवा केन्द्र

काठमाडौं फोन न।९८०८३०७२७५

नोटः  चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप