बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लियो क्लबको सम्मेलन सम्पन्न

सोमबार, २३ पुस २०७५, १७ : २१
सोमबार, २३ पुस २०७५

कञ्चनपुर– लियो जिल्ला परिषद ३२५ बी २ नेपालको सम्मेलन महेन्द्रनगरमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको सम्मेलनमा विभिन्न जिल्लाका क्लब सदस्यहरुको उपस्तिति थियो ।

बैठकको उद्घाटन  सुदूर पश्चिम प्रदेशका उद्योग वन, वातावरण तथा पर्यटन राज्य मन्त्री  प्रकाश रावलले गरेका थिए । कार्यक्रममा वरिष्ठ शिक्षाविद् तथा समाजसेवी  डा भोजराज पन्तले सबै लियो सदस्यहरुलाइ स्वागत गर्दै प्रशिक्षित पनि गरे । 

कार्यक्रममा मेयरद्वय सुरेन्द्र विष्ट र अशोक कुमार चन्द  थिए भने मुख्य वक्ता प्रा डा हेमराज पन्त थिए । कार्यक्रममा लियो तथा लायन्स क्लबका सदस्य र नेतृत्वकर्तालगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक धिरज जोशीले जानकारी दिए । 

कार्यक्रमको अध्यक्षता लियो जिल्ला परिषद ३२५ बि २ नेपालका अध्यक्ष लियो तारा प्रसाद गुरागाँइले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप