भक्तपुरमा एटिएम मेसिन फुटाएर पैसा चोरी गर्न खोज्ने २ जना पक्राउ
सोमबार, २३ पुस २०७५, १९ : २९
भक्तपुर– महानगरिय प्रहरी परिसर भक्तपुरले बैंकको एटिएम मेशिन फुटाएर चोरी गर्न खोज्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले एटिएम मेसिन फोरेर चोरी गर्न खोज्ने काभ्रे तेमाल गाउँपालिका–२ घरभई हाल बनेपा बस्ने बर्ष ३९ वर्षीय रमेश पाण्डे र सूर्यबिनायक बस्ने बर्ष २६ का दिनेश सुकुभुटुलाई पक्राउ गरेको हो ।
उनीहरुले गत बुधबार राती करिब ९ बजेको समय भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ७ स्थित सानिमा बैकंको एटिएम मेसिन फोरी चोरी गर्न खोजेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी प्रनाउ रेवतीरमण पोखरेलले बताए ।
बैंकले दिएको निवेदनको आधारमा अनुसन्धान गर्दा सोमबार महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सूर्यविनायकबाट नियन्त्रणमा लिईएको र थप अनुसन्धान कार्य भईरहेको समेत प्रनाउ पोखरेलले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान