शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनको रिजालचोकमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

मङ्गलबार, २४ पुस २०७५, १३ : ०७
मङ्गलबार, २४ पुस २०७५

चितवन– भरतपुर महानगरपालिका–१० रिजालचोकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार गौतमचोकबाट पूर्वपश्चिम राजमार्गतर्फ आउँदै गरेको ना४८प ३७५७ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री र मोटरसाइकल चालक दुवैको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पैदलयात्री भरतपुर महानगरपालिका– १० का ४२ वर्षीय रमेशविक्रम थापा तथा मोटरसाइकल चालक पर्वत घर भई हाल भरतपुर महानगरपालिका–७ बस्ने २८ वर्षीय युवराज थापा रहेका छन् । युवराजको भरतपुर अस्पतालमा तथा रमेशविक्रमको चितवन मेडिकल कलेजमा उपचार गर्दै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप