शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बुधबार, २५ पुस २०७५, ११ : ०५
बुधबार, २५ पुस २०७५

भक्तपुर– भक्तपुरमा गएराती भएको दुघर्टनामा एक जनाको मृत्यु भएको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सृजनानगरबाट दुवाकोटतर्फ जादै गरेको बा.९४ प ७१७४ नं.को मोटरसाइकल दुर्घटना भएको हो । 

दुर्घटनामा मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका–४ बस्ने २९ बर्षका सहिद तामाङको उपचारका क्रममा मृत्यु भएको परिसरका सुचना अधिकारी प्रनाउ रेवती रमण पोखरेलले जानकारी दिए । 

दुर्घटनामा घाइते भएका शेरबहादुर तामाङको डा.इवामुरा अस्पताल सल्लाघारीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप