शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन राष्ट्रिय निकुञ्जमा चरा गणना शुरु

बुधबार, २५ पुस २०७५, १३ : ०३
बुधबार, २५ पुस २०७५

चितवन– चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेका संरक्षित क्षेत्रमा मङ्गलबारदेखि चरा गणना शुरु भएको छ । 

विश्वभर चरा गणना हुने कार्यक्रमअन्तर्गत यहाँ पनि चरा गणना थालिएको हो । चराविद् चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको नदी, तालतलैया, सीमसार क्षेत्रमा पानी आश्रित चरा गणना गर्न लागेका हुन् । 

चराविद् टीका गिरीका अनुसार हरेक वर्ष जनवरी शुरु भएपछि विश्वभर चरा गणना हुने गर्छ । यसपटक जनवरी ५ देखि २० सम्म चरा गणना गरिने छ । चरा र तीनको वासस्थानको अवस्थाबारे अध्ययन र अनुसन्धानका लागि चरा गणना हुने गरेको उनले बताए ।

पानीमा आश्रित चरासँगै अन्य चराको बारेमा समेत खोजी गरिन्छ । चितवनको ढुङ्ग्रे खोला, बूढी राप्ती, बिसहजारी ताल, गरुड ताल, पटना ताल, तमोर ताल, लामी ताल, हेटौँडालगायतका स्थानमा चरा गणना गरिने उनले बताए । 

वर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार मङ्गलबार चितवन राष्ट्रिय निकुञ्जको जिन्दगानी घाँटदेखि सौराहासम्म चरा गणना गरिएको छ । त्यस्तै आज सौराहादेखि कसरासम्म गणना गरिने कार्यक्रम रहेको छ । गणनाका लागि चराको बारेमा ज्ञान भएका नेचर गाईड सहभागी छन् ।

मानवीय लापर्वाहीका कारण वासस्थानमा परेको असरले चरा सङ्कटमा परेकोे चराविद्ले बताएका छन् । विश्वमा सन् १०६७ देखि शुरु भएको चरा गणना नेपालमा सन् १०८७ देखि शुरु भएको हो । सोही वर्षदेखि चितवनमा पनि चरा गणना थालिएको हो । 

पछिल्लो तथ्याङ्कअनुसार नेपालमा ८८७ प्रजातिका चरा पाइन्छन् । चितवनमा मात्र ६३६ प्रजातिका चरा पाइने बिडारीले बताए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप