बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फास्ट फेशन डिपार्टमेन्टल स्टोर योयोसोको नयाँ स्टोर बालाजु र मैतिदेवीमा

बुधबार, २५ पुस २०७५, १५ : २०
बुधबार, २५ पुस २०७५

काठमाडौं– अन्र्तराष्ट्रिय ब्रान्ड फास्ट फेशन डिपार्टमेन्टल स्टोर योयोसोले काठमाडौंको सिटी सेन्टर, पुल्चोक पछि मैतिदेवी र बालुजुमा नयाँ स्टोर संचालनमा ल्याएको छ ।

छिट्टैनै योयोसेले न्यूरोड र दरवारमार्गमा पनि स्टोर खोल्ने बताएको छ । योयोसोले अन्तराष्ट्रिय फाष्ट फेशन जीवनशैली र खास गरी साधारण मर्चन्डाइजरसमा फोकस गरेको छ । कस्मेटिकस, घरेलु सामानहरु, फेशनका सामग्रीहरु, फेशन ब्यागहरु, डिजिटल सामग्रीहरु, स्टेशनरी र गिफ्टहरु, सिजनल बस्तुहरु, इत्यादि पर्छन् ।  

योयोसोका करिब ५ हजार थरीका वातावरण अनुकुल सामानहरु उपलब्ध छन् । योयोसो स्टोरमा ग्राहकहरुले गुणस्तीरय र किफायती सामानहरु सहित नेपालमा आएको बताएको छ ।

योयोसो नेपालमा

अन्र्तराष्ट्रिय ब्रान्ड योयोसो फ्रेन्जाइजी काठमाडौँमा अगष्ट २०१८ मा २ वटा स्टोरबाट प्रारम्भ भएको थियो । पहिलो स्टोर सिटि सेन्टरमा खोलिएको थियो भने दोस्रो पुल्चोक, ललितपुरमा खोलिएको थियो । योयोसाका सामानहरुको मूल्य १ सय २५ देखि ३ हजारसम्मका छन् ।

सात वटा वर्गमा विभाजन भएका सामानहरु ५ हजार भन्दा बढी छन् भने हरेक महिना ३ सय थरीका नयाँ सामग्रीहरु थपिन्छन् । योयोसोले विश्वभर १ हजार भन्दा धेरै स्टोरहरु संचालन गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप