शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मगर समुदायले टुँडिखेलमा ‘माघे सङ्क्रान्ति’ मनाउने

बिहीबार, २६ पुस २०७५, १३ : ५३
बिहीबार, २६ पुस २०७५

काठमाडौं । मगर समुदायको प्रमुख राष्ट्रिय सांस्कृतिक चाड “माघे सङ्क्रान्ति” यसवर्ष मगर समुदायले भव्य रुपमा मनाउने भएका छन् । 

नेपाल मगर संघले बिहिवार पत्रकार सम्मेलन गरी आफ्नो प्रमुख पर्वका अवसरमा पुस ३० गते र माघ १ गते टुँडिखेलमा माघे सङ्क्रान्ति भव्य रुपमा मनाउने जानकारी दिएको हो । माघे सकराती मगर समुदायको नयाँ वर्षको शुरुवात पनि हो । 

यसै सन्दर्भमा “माघे सङ्क्रान्ति राष्ट्रिय चाड मनाउदै अघी बर्ढौ । मगरात पहिचान र अधिकार प्राप्तिका लागि लडौं” भन्ने मूल नारा तय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । उक्त कार्यक्रममा शुभकामना आदान प्रदान तथा मौलिक साँस्कृतिक प्रदर्शनी कार्यक्रमको समुद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने आयोजकले जनाएको छ । कार्यक्रममा मगरहरुको मौलिक साँस्कृतिक प्रर्दशनी, मौलिक मगर खाना तथा पोशाकहरुको प्रर्दशनी गरिने बताइएको छ । माघ १ गते मौलिक झाँकी सहित १० बजे भृकुटी मण्डपबाट ¥याली सुरु हुनेछ ।

माघे सकरातीको दिन छोरी चेलीहरुलाई मिस्रा (उपहार) दिने गरिन्छ । घरमा आएका चेलीहरुलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरु कै घर–घरमा पठाइदिने गरिन्छ । मिस्रा भन्नाले तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचदी, घिउको परिकार बनाइको परिकार हो ।

यस चाडमा मौलिक रुपले भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने, धनुषवाँण हान्ने आदि गरिन्छ । साँस्कृतिक हिसाबले यस चाड देखि कौडा नाचको सुरुवात गर्ने र मादल, बाजाहरु (चर्को आबाज निकाल्ने बाजागाजा) बन्द गर्ने गरिन्छ । यसै दिन देखि बेसीबाट लेकमा बसाई सर्ने गरिन्छ । मगर समुदायमा यस चाड साँस्कृतिक र सामाजिक हिसाबले अत्यान्तै महत्व राख्ने गर्दछ । 

पत्रकार सम्मेलनमा बोल्दै नेपाल मगर संघका अध्यक्ष नविन रोका मगरले सरकारले गरेको पर्व विदा कटौती तत्काल पुनरावलोकन गर्न आग्रह गरे । सरकारले विभिन्न सांस्कृतिक पर्वहरुको विदा कटौती गरेपछि नेपाल आदिवासी जनजाति महासंघ लगायत आदिवासी सम्वद्ध संघसंस्थाहरुले आन्दोलन गरेर निर्णय पुनरावलोकन गर्न खोजेको कार्य स्वागतयोग्य भएको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप