शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टाटा मोटर्सको योङ्गेस्ट भेइकल "एनआरजी" सार्वजनिक, यस्ता छन् विशेषताहरु

बिहीबार, २६ पुस २०७५, १५ : ५७
बिहीबार, २६ पुस २०७५

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्यासेन्जर भेइकलमा सबैभन्दा नयाँ उत्पादन टाटा एनआरजी सार्वजनिक गरेको छ ।

ग्राहकहरूको बढ्दो आकांक्षालाई ध्यान दिदैं टाटा मोटर्सले एसयूभीबाट प्रेरित सवारी साधन शुरू गरेको हो जसलाई नेपालको सबैभन्दा योङ्गेस्ट कम्प्याक्ट यूटिलिटी भेइकल (सियूभी)को रूपमा राखिएको छ । यसको स्तरीय डिजाइन र प्रविधीका कारणले टाटा एनआरजीले पूर्ण रूपमा नयाँ अनुभव दिनेछ ।

१.२ लिटरको रिभोट्रोन पेट्रोल इन्जिन रहेको टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिसनमा उपलब्ध हुनेछ । यो तीनवटा आकर्षक रंगमा उपलब्ध हुनेछ । मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट र यसमा कालो छत र रूप रेल पनि हुनेछ । विक्री शुरू गरेको टाटा एनआरजी काठमाडौंको शोरूममा पेट्रोल संस्करण २९.५५ लाखको शुरूवाती मूल्यमा उपलब्ध हुनेछ ।

सार्वजनिक कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिंगका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने, ‘केही फरकको खोजीले टाटा एनआरजी निस्कियो । बेजोड डिजाइन र प्रविधी रहेको  यो एसयूभी प्रेरित साधनलाई हाम्रा ग्राहकहरूले धेरै मन पराउने र यसले हाम्रो बजार हिस्सा बढाउन सहयोग गर्ने र गुणस्तरीय यात्रा उपाय उपलब्ध गराउने हाम्रो प्रतिबद्धताका लागि चाहना हुनेमा हामी ढुक्क छौं ।’

अर्को स्तरीय उत्पादनको परिचयमा टिप्पणी गर्दै टाटा मोटर्सको, इन्टरनेसनल बिजिनेस, प्यासेन्जर भेइकल्सका प्रमुख सुजन रोयले भने, (हाम्रो ब्रान्ड प्रतिज्ञा ुआकांक्षाहरू जोड्दै (कनेक्टिङ एस्पिरेसन्स) सँग मिल्ने गरी एसयूभी जस्तो सवारी साधन बजारमा ल्याउने बढ्दो ट्रेन्डसँग अगाडि बढ्न चाहिरहेका छौं।

यो चाहनालाई पुरा गर्न हामीले आज नेपालको सबैभन्दा योङ्गेस्ट सियूभीको रूपमा टाटा एनआरजी सार्वजनिक गरेका छौं । कठीन सडकमा पनि राम्रोसँग गुड्न सक्ने कारको क्षमताले बजारलाई आकर्षण गर्नेछ र नयाँ क्रेताहरूलाई समेट्नका लागि बाटो खुला गर्नेछ । हाम्रा ग्राहकहरूले टाटा एनआरजीको कठीन सडक अवस्थामा पनि राम्रोसँग गुड्न सक्ने क्षमता र नयाँ रूपलाई मन पराउनेमा हामी ढुक्क छौं ।”

टाटा एनआरजीका विशेषताहरू

एक्सटेरियरहरू     
-बलियो अगाडिको डिजाइन
-बलियो साइड प्रोफाइल बृत्ताकार ह्विल आर्कले हाइलाईट गरिएको 
-पछाडिको टेलगेट र कडा स्किडप्लेटमा मस्कुलर फिनिसर 
-ड्युल टोन – ४(स्पोक डुरएलोयटीएम चक्काहरू
-रूफ रेलसँग इन्फिनिटी ब्ल्याक रूफ

सक्रिय इन्टेरियरहरू
-क्यानोयन अरेन्ज हाइलाईट्ससँग कालो इन्टेरियर
-बडिलाई समेट्ने अद्वितीय डेनिम प्रेरित फेब्रिक भएको बोल्स्टेर्स सिटहरू 
-कुल्ड ग्लोभ बक्स 
-२४२ लिटर स्पेस भएको ठूलो बुट 
-कठीन सडकमा कार्यसम्पादन     

कठीन सडक अवस्थामा जान १८० एमएम ग्राउन्ड क्लियरेन्स 
-लिटर रिभोट्रोन पेट्रोल इनजीन भएको 
-कठीन सडकका लागि विशेष रूपमा बनाइएको सस्पेन्सन 
-इन्टेलिजेन्ट इलेक्ट्रिक पावर स्टेरिङ प्रणाली 

पूर्ण इन्फोटेनमेन्ट     
-हर्मनटीएम स्मार्ट छ । टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली 
-उत्कृष्ट अकस्टिक अनुभव उपलब्ध गराउनका लागि हर्मनटीएम को उच्च स्तरीय ८ वटा स्पिकर ९४ वटा स्पिकर र ४ वटा ट्विटर० प्रणाली  
-थ्रीडी नेभी नक्साको नेभिगेसन 
-मिडिया, रेडियो र फोनका लागि भ्वाइस कमान्ड 

विकसित सुरक्षा प्रणाली
-ड्यूल फ्रन्ट एयरब्यागहरू 
-इबीडी र कर्नर स्टेबिलिटी कन्ट्रोल भएको एबीएस 
-पछाडिको पार्किङ सहायता
-बलियो बडि र क्याबिन 
-पछाडिको स्मार्ट वाइपर 
-फलो मी होम बत्तीहरू 
-मापदण्डको रूपमा ड्राइभर सिटबेल्ट स्मारक 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप