बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्मी शैलीमा भारतमा चिनियाँ ह्याकरहरुको इतिहासकै ठूलो आक्रमण, यसरी खुल्यो ठगीको रहस्य

बिहीबार, २६ पुस २०७५, १६ : २०
बिहीबार, २६ पुस २०७५

एजेन्सी । चिनियाँ ह्याकरहरुको एक टोलीले भारतको इतिहासकै सम्भवत सबैभन्दा ठूलो साइबर चोरी गरेका छन् ।

 उनीहरुले इटाली कम्पनी टेक्नीमोन्ट एसपीएको भारतीय शाखालाई ठगेका हुन् । 

उनीहरुले चीनमा एक स्वामित्व अधिग्रहण गर्नको लागि स्थानीय म्यानेजरलाई पैसा चाहिएको भन्ने विश्वास दिलाएर यति ठूलो रकम हत्याएका थिए । 

यसका लागि ह्याकरहरुले इटालीको मिलानमा रहेको टेक्नीमोन्ट एसपीएको भारतीय शाखा टेक्नीमोन्ट प्राइभेट लिमिटेड प्रमुखलाई इमेल पठाएका थिए । प्रहरीलाई दर्ता गरिएको अभियोगपत्रमा इमेल एकाउन्ट समूहका सीईओ पिएरोबर्टो फोल्गीएरोको हुबहू थियो । 

त्यसपछि ह्याकरहरुले एक पछि अर्को कन्फेरेन्स कलको आयोजना गरे । त्यसमा उनीहरुले एक ‘रहस्यात्मक’ र ‘अत्यन्त गोप्य’ स्वामित्व अधिग्रहणबारेमा छलफल गरे ।

कलको बेला उनीहरुले कयैन मानिसहरुलाई विभिन्न भूमिकामा राखेका थिए । मुम्बई प्रहरीको साइबर अपराध इकाईमा बुझाइएको अभियोगमा टेक्नीमोन्ट प्राइभेट लिमिटेडले उक्त कन्फेरेन्स कलमा समूहको सीइओदेखि स्वीट्जरल्याण्डका वकिल र अन्य शीर्ष प्रबन्धक देखिएको बताएको छ ।  

तीन किस्ता रकम पठाइसकेपछि खुल्यो ठगी
ह्यायाकरहरुले कम्पनीको भारतीय शाखाका प्रमुखलाई कानूनी अवरोधको कारण प्रधान कार्यालयबाट पैसा स्थानतरण गर्न नसकिएको बताएका थिए । त्यसपछि उनले नोभेम्बर महिनामा एक हप्ताभित्र ३ किस्तामा रकम स्थानतरण गरे । 

५६ लाख अमेरिकी डलर, ९४ लाख अमेरिकी डलर र ३६ लाख अमेरिकी डलर गरेर तीन किस्ता रकम हङकङको एक बैंकमा स्थान्तरण गरिएको थियो । पैसा बैंकबाट केही मिनेटमा नै निकालिएको थियो । 
ह्याकरहरुले चौथो पटक पनि पैसा स्थान्तरणको लागि प्रयास गरेका थिए । तर त्यति बेलासम्म ठगी पत्ता लागिसकेको थियो । 

कसरी खुल्यो ठगीको रहस्य
ठगीको पर्दा तब खुल्यो तब टेक्नीमोन्ट एसपीएका अध्यक्ष फ्रान्को घिरिन्घेल्लीले डिसेम्बरमा भारत आए । 

इन्जीनियरिङ, उर्जा र रसायन व्यवसायमा संलग्न टेक्नीमोन्ट एसपीए इटालीको प्रतिष्ठित सार्वजनिक कम्पनी मेयर टेक्नीमोन्ट समूहको सदस्य हो । उसले यो ठूलो रकम चोरीलाई ‘साइबर हमला नभएर ठगी’ भनेको छ । यसबारे उसले थप प्रतिक्रिया दिन अस्वीकार गर्यो  । 

यस घटनाक्रमको अनुसन्धानसँग नजिक रहेका एक वरिष्ठ अधिकारीले कम्पनीले यो सम्बन्मा एक फोरेन्सीक अनुसन्धान गरिरहेको जानकारी दिए । अनुसन्धानका लागि कम्पनीले मुम्बईमा रहेको एक कानुनी फर्मको अतिरिक्त न्यू योर्कमा रहेको सुरक्षा फर्म क्रोललाई पनि झिकाएको बुझिएको छ । 

मुम्बई साइबर प्रहरीकोमा पेस गरिएको दरखास्त अनुसार कम्पनीले भारतीय शाखाको प्रमुख, लेख र वित्त प्रमुलाई बर्खास्त गरेको छ । 

ठगीका लागि पठाइएको इमेलको भाषा सक्कली अध्यक्षसँग मिल्ने
स्रोतका अनुसार इमेलमा प्रयोग गरिएको लेखन शैली समूहको अध्यक्षसँग मिल्दोजुल्दो देखिन्छ । त्यस्तै ठगी गर्ने क्रममा अन्य अधिकृतको भूमिका खेलेकाहरुबाट लेखिएको इमेल पनि ती अधिकृतहरुले लेख्ने शैलीकै छ । 

यसबाट ह्याकरहरुले कम्पनीको आईटी प्रणालीभित्र प्रवेश गरेर त्यहाँ रहेका इमेल पढेको बुझिन्छ । 

आन्तरिक अनुसन्धानले कन्फेरेन्स गर्दा देखिएका सबैसँग जाली आईडी भएको खुलासा गरेको छ । लुईगी कार्रडी नामका स्वीस वकिल भन्नेको अस्तित्व नरहेको देखिएको छ । उक्त नाम सन् १९२१ मा मरेका परिचित इटालियन इन्जीनियर तथा शिक्षकको रहेको खुलेको छ । 

पैसा स्थान्तरणका लागि खोलिएको बैंक खाता पनि जालि कागजात प्रयोग गरेर खोलिएको देखिएको छ । स्रोतका अनुसार यो कुरा फोरेन्सीक अनुसन्धानदाताहरुले हंगकंगमा रहेको बैंकलाई सम्पर्क गर्दा पत्ता लागेको थियो ।  

प्रहरीमा घटनासँग जोडेर ६ कम्पनीलाई आरोप लगाइएको छ । यसमा हंगकंग, चीनको ताईझोउमा रहेको भनिएका कम्पनीहरु र भारतका प्रमुखलाई पहिलो पटक सम्पर्क गरेका अज्ञात इमेल खातावाहक पनि रहेका छन् । प्रहरी अभियोगमा लुईगी कोर्राडीको नाम पनि उल्लेख छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप