शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले तय गर्यो राष्ट्रपतिदेखि जनप्रतिनिधिसम्मको मर्यादाक्रम (सूचीसहित)

बिहीबार, २६ पुस २०७५, १७ : १७
बिहीबार, २६ पुस २०७५

काठमाडौं– सरकारले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तित्वहरुको मर्यादाक्रम तोकेको छ । 

मन्त्रिपरिषद्को हालैसम्पन्न बैठकले मर्यादाक्रमको टुंगो लगाएको छ । यसअघि मर्यादाक्रम तलमाथि परेको भन्दै प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिले गुनासो गर्दै आएको अवस्थामा सरकारले सो गुनासोको सम्बोधन स्वरुप नयाँ मर्यादाक्रम तय गरेको छ । 

जसअनुुसार पहिलो मर्यादाक्रममा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रदानमन्त्री रहनेछन् । यस्तै चौथो मर्यादाक्रममा प्रतिनिधिसभामा सभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रधानन्यायाधीश रहनेछन् । 

यस्तै प्रदेश सरकारका मुख्यमन्त्री र केन्द्र सरकारका मन्त्रीको समान सातौ मर्यादा रहनेछ । 

मर्यादाक्रमको अन्तिम अर्थात २१ औं वरियतामा प्रदेश सरकार तथा स्थानीय तहका राजपपतांकित तृतीय श्रेणी वा सोसरहका अधिकृत र सहायक सेनानी रहनेछन् । 
 

मर्यादाक्रम सूची

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप