बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

करातेमा विनिताले जितिन् स्वर्ण

बिहीबार, २६ पुस २०७५, २० : २८
बिहीबार, २६ पुस २०७५

 काठमाडौं । नेपालकी विनिता महर्जनले पाँचौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बिहीबार स्वर्ण जितेकी छन् । महिला ५५ केजीको फाइनलमा विनिताले नेपालकै दिलाशा श्रेष्ठलाई पराजित गरिन् ।

नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो नक्सालद्वारा आयोजित प्रतियोगिताको पुरुष २३ केजीमा नेपालका रोयल लामा पहिलो भए । उनले फाइनलमा नेपालकै सोहन गौतमलाई हराए ।

महिला ४५ केजीको फाइनलमा बंगलादेशकी प्रिया चौहानले नेपालकी विनिता चपाईंलाई पाखा लगाउँदै पहिलो भइन् । महिला २७ केजीमा भुटानकी खुशी गुरुङले स्वर्ण जितिन् । फाइनलमा खुशीले नेपालकी सपना तामाङको चुनौती पन्छाइन् । 

प्रतियोगिताको नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा ६ राष्ट्रका एक हजार ३ सय १७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप