के बार्सिलोना फर्केलान् नेइमार ? गोप्य सहमति भएको खुलासा
एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का ब्राजिलियन सुपरस्टार नेइमार यो सिजनको अन्त्यसँगै आफ्नो पूर्वक्लब बार्सिलोना फर्किने समाचारहरु बाहिर आएको छ ।
केही दिनअघि बार्सिलोना फर्किने वातावरण बनाउन नेइमारले बार्सिलोनाका पदाधिकारीसँग छलफल गर्न वार्ता टोली खटाएका थिए । टोलीले बार्सिलोनाका पदाधिकारीसँग छलफल समेत चलाएका थिए । उक्त छलफलमा ‘गोप्य सहमति’ भएको समाचार स्पेनको चर्चित पत्रिका मार्काले उल्लेख गरेको छ ।
नेइमार दुई वर्षअघि मात्र विश्व कीर्तिमानी रकममा बार्सिलोना छाडेर पीएसजीमा अनुबन्ध भएका थिए । पीएसजीमा नेइमार खुसी हुन नसकेको खबर बेलाबेलामा आइरहेको थियो ।
नेइमार स्वयंले यसअघि विभिन्न माध्यमबाट आफू बार्सिलोनामै पुनः आबद्ध हुन चाहेको बताएका थिए । यसपटक विन्टर ब्रेकको मौका छोपी नेमारले आफ्नै बुबा सान्तोषमार्फत बार्सिलोनाका पदाधिकारीसँग छलफल गरेको पनि मार्काले उल्लेख गरेको छ ।
गत नोभेम्बर पनि नेइमारका बुबाले लन्डनमा बार्सिलोनाका एजेन्टसँग छलफल गरेको खबर बाहिरिएको थियो । हालै मात्र बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पनि नेइमार बार्सिलोना फर्किए आफू खुसी हुने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारी राजाको सवारी रुट खाली, तस्बिरहरू
-
इलाममा डकेन्द्रलाई हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ
-
बाजागाजासहित सर्वसाधारणले गरे कतारी राजाको स्वागत (तस्बिरहरू)
-
इजरायल–गाजा युद्धबारे अमेरिकी कलेज र विश्वविद्यालयमा तीव्र बन्यो प्रदर्शन
-
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनीवासमा भेटवार्ता
-
अस्पतालबाट २०० भन्दा बढी शव फेला