बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मेरी कोम नम्बर एक महिला बक्सर

बिहीबार, २६ पुस २०७५, २१ : ३१
बिहीबार, २६ पुस २०७५

एजेन्सी । भारतीय महिला बक्सर मेरी कोमको उमेर जति बढ्दो छ । उनको विश्व प्रख्याती र उचाई झनै चुलिँदो छ । ३५ बर्षीया यी तीन सन्तानकी आमा कोमले महिला बक्सिङ खेलाडीको विश्व बरियतामा शीर्ष स्थान ओगटेकी छन् । 

अन्तर्राष्ट्रिय बक्सिङ महासंघले बिहिबार सार्वजनिक गरेको नयाँ बरियतामा कोम शीर्ष स्थानमा उक्लिएकी हुन् । कोम शीर्ष स्थानमा पुग्ने पहिलो भारतीय बक्सिङ खेलाडी पनि बनेकी छन् । 

कोमले गत नोभेम्बरमा भारतमै भएको विश्व बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जितेकी थिईन् । कोमले ४५–४८ केजी तौलमा युक्रेनकी हेना ओखोटालाई ५–० अंकले हराउँदै किर्तिमानी स्वर्ण जितेकी थिईन् । उनले ६ पटक महिला बक्सिङ प्रतियागितामा स्वर्ण जित्ने पहिलो खेलाडीको किर्तिमान रचेकी थिईन् । 

कोमले यसअघि सन् २००२, २००५, २००६, २००८, २०१० को विश्व च्याम्पियनसिपका स्वर्ण जितेकी थिईन् । सन् २००१ मा भने कोमले रजत पदकमा चित्त बुझाएकी थिईन् ।  कोम अहिले २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिकको तयारीमा छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप