बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आजको तपाईंको भाग्य कस्तो छ ? हेर्नुस् राशिफल

शुक्रबार, २७ पुस २०७५, ०६ : ३१
शुक्रबार, २७ पुस २०७५

वि.सं.२०७५ साल पौष २७ गते । शुक्रबार । ईश्वी सन् २०१९ जनवरी ११ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष शुक्ल पक्ष । तिथि पञ्चमी,२३ घडी १६ पला,बेलुकी ०४ बजेर १६ मिनेट उप्रान्त षष्ठी । नक्षत्र पूर्वाभाद्रपदा,५६ घडी ३८ । योग वरियान,५४ घडि ४१ पला । करण वालव,बेलुकी ०४ बजेर १६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा ध्वांक्ष योग । चन्द्रराशि कुम्भ,बेलुकी ११ बजेर ०६ मिनेट उप्रान्त मिन । पञ्चक । राष्ट्रिय एकता दिवस। पृथ्वी जयन्ती (पृथ्वीनारायण शाह स्मृति दिवस।

काठमाडौंमा सूर्योदय ०६ बजेर ५८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २६ मिनेट । दिनमान २६ घडी ०९ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । प्राकृतिक स्रोत तथा सरकारि धनको सहि परिचालन गर्न नसक्दा आम्दानिका बाटाहरु साघुरा हुँनेछन् । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रनेछ भने मनोबल कमजोर हुँने हुँदा अरु प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । प्रेममा एक अर्का बिच बैमनस्यता बढेर जाने योग रहेकोछ भने जीवन साथिसँग अबिश्वास बढेर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरि हुने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुने हुदा अन्य काम गर्न सहज हुनेछ । सरकारि तथा प्रशासनि क्षेत्रमा तपाईको बर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ भने समाजमा जनताको काम गर्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । भाग्यले साथ दिने हुनालेव्यापार व्यावसायमा थोरै समय लगानि गर्दापनि प्रशस्त आम्दानि गर्न सकिनेछ । लामो दुरिको अध्ययन यात्रा हुनेछ भने धार्मिक स्थल तथा मन्दिर तिर गई मनलाई शान्त पार्न सकिनेछ । सरकारि स्तरमा तपाईको प्रभाव बढ्ने हुनालेसमयमा कामहरु बन्नेछन् । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सुचनाहरु बहिरिने हुदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । मनोबल कमजोर हुने हुनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापारमा लगानि गरि मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिने समय रहेकोछ । साझेदारहरुबिच मन मिल्ने हुँदा नया उद्योगमा लगानि गर्ने अवसर जुर्नेछ । पढाई लेखाईमा मन जाने हुनालेउत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुसि हुँनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुँनुको साथै जीवन साथिको साथ रहने हुनालेकाम गर्न उर्जा थपिनेछ । भौतिक तथा बिलाशि बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माईलो बाताबरणमा आफन्त सँग सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिवाद तथा प्रतिष्पर्धामा तपाईकै जित हुनेछ भने सहयोगिको साथ पाईने हुनाले नया प्रकृतिको काम गरि मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुने हुदा मन प्रशन्न रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रयन्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हनेछ भने व्यापार व्यावसायमा लगानि गरि मनग्ने आम्दानि गर्न सकिनेछ । स्कुल कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो लाभ लिन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायमा बिशेष लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्नाले सम्बन्ध सुदृड हुनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको उपयोग मार्फत मनग्ने धन संग्रह गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सवारि साधन तथा घर जग्गामा गरिएको लगानि फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनक आम्दानि हुनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढि सुन्नु पर्नेछ । आमासँग मनमुटाब बड्नेछ भने आफन्त तथा साथिभाईहरु तपाईदेखि टाडिनेछन् । बिद्यामा मेहनेत नगरे अरुभन्दा पछि परिनेछ भने छाति सम्बन्धि सामान्य समस्याले सताउँनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) छोटो तथा रमाईलो आन्तरिक यात्राको तय हुनेछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पति बिचको समन्धमा प्रगाडता बढेर जानेछ । उद्योग तथा व्यावसायमा लगानि गरि मनग्गे धन संग्रह गर्न सकिनेछ । खेलकुद तथा यस्तै पराक्रमी क्षेत्रमा समय खर्चिने हरुले नाम तथा दाम कमाउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बोलिको प्रभाब बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नि तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपाईले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाई लेखाईमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्याव्वसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कामहरु स्वत स्फुर्त रुपमा अगाडि बढ्नेछन् । व्यापार व्यावासाय फस्टाएर जाने तथा नया प्रकृतिको व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा बिग्रेको सम्बन्ध सुधार भएर जानेछ । पारिवारिक माहोलमा मिष्टान्न भोजनमा साथ रमाईलो गरि समय कटाउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अनाबस्यक ठाउमा श्रम तथा शक्ति खर्च हुन सक्छ , ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला तुरुन्त दण्ड तथा सजाय हुन सक्छ । लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोका तथा मनमुटाव हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।    
 
यूवा ज्योतिषि डिपि भण्डारी ।    
ज्योतिष परामर्ष सेवा केन्द्र ।
काठमाडौं फोन न.९८०८३०७२७५
नोटः चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप