शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारको आरोप लागेका रोनाल्डोको डीएनए परिक्षण गरिने

शुक्रबार, २७ पुस २०७५, ०९ : ०७
शुक्रबार, २७ पुस २०७५

एजेन्सी । अमेरिकामा एक महिलालाई बलात्कार गरेको आरोप लागेका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको डीएनए परिक्षण गरिने भएको छ ।

लास भेगासको प्रहरीले बलात्कार आरोपको सत्यतथ्य पत्ता लगाउन युभेन्ट्सका स्टार खेलाडीको डीएनएको नमुना प्रशिक्षण गरिने जनाएको छ । 

रोनाल्डोका वकिल पिटर क्रिस्टियनसेनले डीएनएको नमुना परिक्षणका लागि प्रहरीले विशेष आग्रह गरेको बताएका छन् । 

अमेरिकी नागरिक क्याथ्रीन मेयार्गाले सन् २००९ मा रोनाल्डोले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । तर, रोनाल्डोले त्यसलाई नकार्दै आएका छन् । 

रोनाल्डोको विषयमा अहिले छानबिन चलिरहेको छ । यही बेला रोनाल्डोलाई अर्को आरोप पनि लागेको छ । 

उनकी पूर्व प्रेमिका एवम् मोडल जास्मिन लेनार्डले रोनाल्डोको आलोचना गर्दै उनलाई ‘मानसिक रोगी’ भएको आरोप लगाएकी छन् ।

लेनार्ड बेलायती सेलिब्रेटी हुन् । उनले रोनाल्डोलाई आरोप लगाउँदै अमेरिकाकी क्याथ्रीनलाई सघाउने पनि बताएकी छन् । 

लेनार्डले सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन् – ‘म क्याथ्रीन र उनका वकिललाई सहयोग गर्न चाहन्छु । म सँग त्यस्ता धेरै सूचना छ, त्यसले तपाईंलाई सहयोग गर्न सक्छ ।’ 

लेनार्डले रोनाल्डोबाट आफू अपमानित भएको भन्दै रोनाल्डोलाई राक्षस जस्तो भएको आरोप पनि लगाएकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप