पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपतिबाट माल्यार्पण (फोटोफिचर)
काठमाडौँ । आज पुस २७ अर्थात पृथ्वीनारायण शाहको जन्मजयन्ती । आज विभिन्न संघ सस्थाले विभिन्न कार्यक्रम गरेर पृथ्वीजयन्ती मनाएका छन् । यसैक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरवार पश्चिम गेटमा रहेको शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।
२९७ औं पृथ्वी जयन्तीका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वीनारायणको सिंहदरवारस्थित शालिकमा माल्यार्पण गर्न पुगेकी हुन् ।
सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । त्यस्तै सञ्चारमन्त्री गोकुल बास्कोटा, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मी, लगायतले पनि शाहको शालिकामा माल्र्यापर्ण गरेका छन् । सो अवसरमा र्याली तथा विभिन्न सांस्कृतिक झाँकीसमेत निकालिएको थियो ।
पृथ्वी नारणण शाहले नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिएको स्मरणमा पृथ्वी जयन्ती मनाउने गरिएको छ । यद्यपी पृथ्वी जयन्तीमा सरकारले यसअघि विदा दिने निर्णय गरेपनि हाल कटौती भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण