बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यमन सैन्य शिविरमा मानवरहित विमान आक्रमण

शुक्रबार, २७ पुस २०७५, १५ : ३१
शुक्रबार, २७ पुस २०७५

अल अनाद एयर बेस– यमनको एक ठूलो सैन्य शिविरमा विद्रोहीहरुले गरेको मानवरहित विमान (ड्रोन) आक्रमणमा परी सरकार समर्थक ६ सैनिकको मृत्यु भएको छ । सो ड्रोनले सैन्य परेड भइरहेको स्थानमा आक्रमण गरेको बताइएको छ । 

संयुक्त राष्ट्रसङ्घको उपस्थितिमा स्विडेनका गत महिना हुथी विद्रोही र साउदी अरेबियाको समर्थन रहेको यमन सरकारका बीच कैयौँ सम्झौता भएको थियो । गत चार वर्षदेखि यमन सरकार र हुथी विद्रोहीबीच शुरु भएको भीषण द्वन्द्वको अन्त्य हुने एक राम्रो अवसरका रुपमा यस सम्झौतालाई लिइएको थियो । यस सम्झौतालाई पनि बाधा पुग्ने गरी सो आक्रमण भएको बताइएको छ । 

अल अनाद एयर बेसमा भएको यो आक्रमणको सिते हुथी विद्रोही समूहले जिम्मा लिएका छन् । यमनको दोस्रो ठूला शहर एडेनबाट ६० किलोमिटर उत्तरका अवस्थित सरकारको कब्जामा रहेको लाहिज प्राप्तमा रहेको अल आनाद एयर बेसमा सो आक्रमण भएको थियो । 

यस आक्रमणका परी उच्चस्तरीय कमाण्डरहरुसहित कम्तीमा १२ व्यक्ति घाइते भएका छन् । प्रान्तीय राजधानी हुटामा रहेको आबिएन खाल्डोअन अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । –एपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप