शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको बल्खुबाट लागू औषधसहित १ जना पक्राउ

शुक्रबार, २७ पुस २०७५, १५ : ४६
शुक्रबार, २७ पुस २०७५

काठमाडौं– प्रहरीले प्रतिबन्धित लागू औषध डाईजे ल्याब, नोफिनसहित एक जनालाई पक्राउ गरेको छ ।  २७ सय थान लागू औषध डाईजे ल्याब, नोफिनसहित बर्दियाका ३२ वर्षीय लालबहादुर राना काठमाडौंको बल्खुबाट बिहिबार दिउँसो २ बजे पक्राउ परेका हुन् । 

उनले उपत्यका बाहिरबाट सो लागू औषध काठमाडौं ल्याई बिक्री गर्नेक्रममा पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले उनको साथबाट हजार दरको नोट ३० थान तथा भिभो लेखिएको मोबाईल एक थान पनि बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप