शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

समय अगावै काम सिध्यायो कालिका कन्स्ट्रक्सनले, नवनिर्मित बसपार्क र सडक हस्तान्तरण

शुक्रबार, २७ पुस २०७५, १८ : २७
शुक्रबार, २७ पुस २०७५

काठमाडौं– कालिका कन्ट्रक्सन कम्पनीले ठेक्का लिएर बनाएको नवनिर्मित बसपार्क र सडक इनरुवा नगरपालिका सुनसरीलाई हस्तान्तरण गरेको छ । इनरुवा नगरपालिकास्थित विभिन्न सडक, सौर्यबत्ती, नबनिर्मित बसपार्क निर्माण सम्पन्न गरी प्रतिवेदनसहित सङ्घीय आयोजना कार्यान्वयन इकाइ मोरङले इनरुवा नगरपालिकालाई हस्तान्तरण गरेको इकाइ आयोजनाका प्रमुख उज्जल प्रसाइले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा कालिका कन्ट्रक्सनले तोकिएको समय अगावै संरचना बनाएको भन्दै सम्मान समेत गरिएको थियो । अहिले समयमा काम नसक्ने प्रचलन बढिरहेका बेला कालिकाले समय अगावै निर्माण सम्पन्न गरेर सरकारलाई बुझाए पछि सरकारले सम्मान गरेको हो । 

केहीदिन अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समय अगावै काम सक्ने निर्माण व्यवसायीलाई सरकारले सम्मान गर्ने बताएका थिए । सोही अनुसार सरकारले कालिकालाई सम्मान गरेको हो । 
कालिकाले बसपार्कको दुइतले टर्मिनल भवन, २३० ओटा सडक सौर्यवत्ती, जेनेरेटर परिसरमा निर्मित संरचना बनाएर नगरपालिकालाई हस्तान्तरण गरिएको प्रसाइले बताए । बसपार्कसहित १ अर्ब २ करोड २५ लाख ३४ हजारको लागतमा उक्त संरचना बनाइएको हो । 

यात्रु प्रतिक्षालय, होटल, खानेपानीको व्यवस्था, सीसी क्यामेरा जडान लगायतका अन्य संरचना समेत बनेका छन् ।  इनरुवा बसपार्क र सडक लगायतकालिका कन्ट्रक्सनले बनाएका संरचनाको गत बुधबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए । त्यस्तै, शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राई लगायत जनप्रतिनिधिको उपस्थितिमा बसपार्कको उद्घाटन गरिएको थियो ।


बसपार्क समयानुकुल र प्रविधिमैत्री रुपमा निर्माण भएको निर्माण कम्पनी पक्षको भनाइ छ । नवनिर्मित उक्त बसपार्क अपाङग मैत्री रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप