शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी फलोअप : गाडी खरिद प्रकरणको छानविन प्रक्रिया शुरु

शुक्रबार, २७ पुस २०७५, १८ : ४३
शुक्रबार, २७ पुस २०७५

बुटवल– प्रदेश नम्बर ५ प्रदेशसभा सार्वजनिक लेखा समितिले प्रदेश सरकारले गाडी खरिदमा गरेको अनियमितताको छानविन प्रक्रिया शुरु गरेको छ ।  समितिको शुक्रबार बसेको दोश्रो बैठकले खरिद गरिएका गाडीमा भएको अनियमितता बारेमा फाइल मगाएर थप अध्ययन र अनुसन्धान थालेको हो ।

जनताले तिरेको करलाई कसैले दुरुपयोग गर्न पाइँदैन, अनुसन्धानका लागि गठित उपसमितिले पनि सहि ढंगले खबरदारी गर्ने दायित्व पुरा गर्ने प्रतिबद्धता गर्नैपर्छ’ सभापति डिल्ली चौधरीले भने । अनियमिमताको छानविनका लागि नेकपाका सांसद कुलप्रसाद पोखरेल संयोजक रहेको प्रारम्भिक अध्ययन समिति बनेको छ ।

समितिको सदस्यमा कांग्रेसका सांसद बैजनाथ कलनार राजपाकी सांसद कल्पना पाण्डे रहेका छन् ।  समितिले फाइल खोल्ने र आएका कागजपत्र र नपुगेका कागजहरुको बारेमा माघ ४ गते दिनको ११ बजे बस्ने लेखा समितिको बैठकमा बुझाउने छ । लेखा समितिको पुस २३ गते पहिलो बैठक बसेको थियो  । आज बजेको समितिले कार्यविधि पनि पारित गरेको छ । 

यसअघि आजै रिपार्टर्स क्लवले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै सभापति चौधरीले सभापति चौधरीले छानविनका लागि गाडी खरिद स्पष्ट्र रुपमा छानविन गर्ने बताएका थिए ।

कसैप्रति बायस नबनी कडा रुपमा छानविन गरी जे हो त्यो बारिक ल्याउने र दोषी कसैलाई पनि छाड्न नमिल्ने बताए । केही दिनअघि गाडी खरिदमा अनियमितता भन्ने शीर्षकमा रातोपाटीले समाचार प्रकाशित गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप