शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

द्रुतमार्ग तोकिएकै अवधिभित्र सम्पन्न गरिने

शुक्रबार, २७ पुस २०७५, १९ : ३३
शुक्रबार, २७ पुस २०७५

चितवन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले निजगढ काठमाडौं द्रुतमार्ग सरकारले दिएको समय अवधिभित्र सम्पन्न गर्ने गरी काम भइरहेको बताए । 

प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विसं २०७४ वैशाखमा मन्त्रिपरिषद्ले निर्णय गरी गत साउनमा नेपाली सेनालाई हस्तान्तरण गरिएको सो योजना सरकारसँग भएको सम्झौता बमोजिम कामले गति लिइरहेको जानकारी गराए । 

उनले राजनैतिक र संवैधानिक हिसाबले सङ्घीयताको घोषणा भए पनि कानून र संरचना तदअनुसार नहुँदा कतिपय कुरा अप्ठ्यारो परेको बताए । पार्टीको तल्लो तहसम्मका एकता चाँडै सम्पन्न हुने उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप