शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मर्यादाक्रमका सम्बन्धमा आयोगको ध्यानाकर्षण

शुक्रबार, २७ पुस २०७५, १९ : ४१
शुक्रबार, २७ पुस २०७५

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावको मर्यादाक्रम सम्बन्धमा सञ्चारमाध्यममा हस्ताक्षरसहित प्रकाशित भएका विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

आयोगका सचिव वेद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा मर्यादाक्रमका सम्बन्ध सञ्चारमाध्यममा आएको विषयप्रति ध्यानाकर्षण जनाएको हो । 

विज्ञप्तिमा आज बसेको आयोगको आकस्मिक बैठकबाट त्यसका बारेमा आधिकारिक सूचना तथा विवरण प्राप्त भएपछि आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय भएको उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप