शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्यानडाले आगामी ३ वर्षमा १० लाख विदेशीलाई पीआर दिने

शुक्रबार, २७ पुस २०७५, १९ : ५५
शुक्रबार, २७ पुस २०७५

सीएनएन– क्यानडाको संसदले आगामी ३ वर्षमा १० खाल नयाँ पीआर(स्थाई बासिन्दा) थप्ने घोषणा गरेको छ । यसको अर्थ प्रत्येक वर्ष उसले आफ्नो देशको कुल जनसंख्याको १% बराबार मानिसहरु विदेशबाट लिदैंछ । 
सन् २०१७ मा क्यानडाले २,८६,००० स्थाई बासिन्दालाई स्वागत गरेको थियो । अब नयाँ योजना पारित भएपछि यो वर्ष उसले ३, ५०,००० आप्रवासीहरु लिने छ । यो संख्या सन् २०२० मा ३,६०,००० र सन् २०२१ मा ३,७०,००० पुग्नेछ । 

‘इतिहासकालभर हामीहरुले स्वागत गरेका नव प्रवेशीहरुहरुको कारणले क्यानडा हामीहरु सबैको लागि खुसीयाली मनाउन सकिने एक बलियो र जीवन्त समाजमा बनेको हो,’ क्यानडाका अप्रवासन, शरणार्थी तथा नागरिकतासम्बन्धी मन्त्री अहमद हुसेनले भने । 

हुसेन आफै पनि कुनै समय सोमालियाबाट आप्रवासीका रुपमा क्यानडा आएका थिए । उनले नयाँ आउनेहरुले देशको घट्दो जन्मदर र बढ्दो बृद्ध जनसंख्याले गर्दा श्रम शक्तिमा पर्ने असरलाई न्यूनिकरण गर्ने बताए । 

क्यानडाले नव प्रवेशीहरुप्रति थप मैत्रीपूर्ण नीति त्यो बेला पनि आएको छ, जब संयुक्तराज्य अमेरिकासमेत कयैन पश्चिमा राष्ट्रहरु आप्रवासन नीति प्रति बन्देजकारी नीति अंगिकार गरिरहेका छन् । 
क्यानडाले विशेष गरेर शरणार्थीहरुको सुरक्षा दिने कुरामा ध्यान दिने गरेको छ । 

संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले सन् २०१७ मा अप्रत्यासित स्तरमा शरणार्थीको संख्या मापन गर्यो । यस वर्ष जबरजस्ती विस्थापित हुनेहरुको संख्या ६.८५ करोड पुगेको छ ।  क्यानडाको आप्रवासन, शरणार्थी तथा नागरिकता मन्त्रालयले विश्वव्यापी पुनर–बसोबास पहललाई ५६ लाख अमेरिकी डलर दिने वाचा गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप