शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मृतक परिवारलाई एक लाख राहत प्रदान गरिने

शुक्रबार, २७ पुस २०७५, २० : ५४
शुक्रबार, २७ पुस २०७५

विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनीमन्त्री हिक्मत कार्कीले ब्याट्री पड्केर आज मृत्यु भएका बालकका परिवारलाई प्रदेश सरकारले रु एक लाख राहत प्रदान गर्ने घोषणा गरेका छन् । 

उनले आज कोशी अञ्चल अस्पताल पुगी मृतकका परिवारलाई तत्काल राहतस्वरुप रु २५ हजार प्रदान गर्नुका साथै घाइते भएकी छ वर्षीया राधिका मण्डलको सरकारले निःशुल्क उपचार गर्ने बताए । 

विराटनगर–१५ स्थित रामजानकी टोलमा आज सुवास मण्डलका ११ वर्षीय छोरा अमितको आगो ताप्ने क्रममा मोबाइलको ब्याट्री विष्फोट हुँदा मृत्यु भएको थियो । 

विष्फोटमा परी सोही ठाउँका राजेश मण्डलका छ वर्षीया छोरी राधिका मण्डल घाइते भएकी छन् । निजको दुवै आँखाको पहिलो पत्र जलेकाले विराटनगर आँखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप