बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यालयलाई २ रोपनी जग्गादान

शनिबार, २८ पुस २०७५, १४ : ००
शनिबार, २८ पुस २०७५

काभ्रे–काभ्रेको तिमाल गाउँपालिक १ स्थित  जन चेतना माध्यमिक विद्यालयको लागि स्थानीय समाजसेवी ज्ञानध्वज तामाङ (उज्ज्वल) ले २ रोपनी जग्गादान गरेका छन् ।

 तामाङले साे जग्गा विद्यालयको नाममा नामसारी समेत गरिदिइसकेका छन् । 

आफू जन्मे हुर्केको अनि क ख सिकेको विद्यालयलाई यसरी सहयोग गर्न पाउदा खुसी लागेको उनले प्रतिक्रिया दिए । 

विद्यालयमा विद्यार्थीहरुको लागि साधारण भवन निर्माण र खेल मैदानको लागि ठाउँको समेत अभाव भइरहेको बेला तामाङले सो जग्गा विद्यालयलाई दान गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप