शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१२ करोड ३५ लाख जरिवाना तथा दुई वर्ष कैद तोकिएका फरार व्यक्ति पक्राउ

शनिबार, २८ पुस २०७५, १४ : ४२
शनिबार, २८ पुस २०७५

काठमाडौँ– महानगरीय अपराध महाशाखाले रु १२ करोड ३५ लाख जरिवाना तथा दुई वर्ष कैद तोकिएका फरार व्यक्तिलाई पक्राउ गरेको छ । 

महाशाखाको टोलीले ललितपुर महानगरपालिका–३ स्थित बिटुलिन तथा ब्यारेल उद्योग लिमिटेडका सञ्चालक अशोककुमार श्रेष्ठको जाहेरीका आधारमा जिल्ला अदालत ललितपुरबाट सजाय तोकिएका रु १२ करोड ३५ लाख ९६ हजार ५०४ ठगी गरी फरार भक्तपुरका ५२ वर्षीय मोहनमणि दाहाललाई पक्राउ गरेको हो । 

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले विसं २०७४ मङ्सिर १४ को फैसलाअनुसार जरिवाना र कैद सुनाएका दाहाललाई शुक्रबार बालुवाटारबाट पक्राउ गरीएको जानकारी दिए ।  पक्राउ दाहाललाई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत ललितपुर पठाएको प्रवक्ता उप्रेतीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप