शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीमतीको हत्या गरेर फरार रहेका श्रीमान प्रहरी फन्दामा

शनिबार, २८ पुस २०७५, १८ : ०८
शनिबार, २८ पुस २०७५

इलाम । इलाममा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ । 

सन्दकपुर गाउँपालिका–५ बतासे बस्ने ३५ वर्षीय सोमबहादुर गुरुङलाई ३५ वर्षीया श्रीमती निरमायालाई कुटपिट गरी हत्या गरेको अभियोगमा शुक्रबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । 

हत्यापछि फरार रहेका सोमबहादुरलाई जिल्ला प्रहरी कार्यालय, इलामबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा फेला पारी पक्राउ गरेको हो । 

सोमबहादुरले घरायसी विवादको कारण रक्सीको बोतलले हिर्काएर हत्या गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ । 

प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप